पोखरा, आसन्न चुनाबको लागि नेपाली कांग्रेसले आइतबार आंफ्नो प्रतिज्ञापत्र सार्बजनिक गर्ने कार्यक्रम स्थगित गरेको छ प्रतिज्ञापत्र सार्बजनिक गर्ने कार्यक्रम मधेश प्रदेशको सदरमुकाम जनकपुरधाममा हुने नेपाली काँग्रेसको चुनाबी सभाबाट गर्ने कार्यक्रम तय भएको बुझिएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेलाई उदृत गर्दै पार्टीको चुनाबी प्रचार अभियानमा खटिएका केहि संचारकर्मीले नेपाली काँग्रेसले फागुन ६ गते मधेश प्रदेशको सदरमुकाम जनकपुरधाममा गर्ने चुनावी सभामा प्रतिज्ञापत्र सार्बजनिक गर्ने उल्लेख गरेका छन। स्वयम प्रबक्ता चालिसेको हस्ताक्षरमा जारी गरिएको सुचनामा पनि फागुन ६ गते जनकपुरमा हुने आमसभामा प्रतिज्ञापत्र सार्बजनिक गरिने कुरा उल्लेख गरिएको छ।
तर, पार्टी प्रबक्ता चालिसेले नै केहि दिन अगाडी कांग्रेसको चुनाबी सभा फागुन ७ गते हुने जनकपुरधाममा गरिने र त्यसमा कांग्रेस सभापति गगन थापासहितका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने जानकारी गराउंदै आम सर्बसाधारणलाई फागुन ७ गते जनकपुर पुग्न र जनकपुरधाम भर्न आग्रह गरेका छन।
यस अगाडी नेपाली काँग्रेसको प्रतिज्ञापत्र यहि फागुन ३ गते आइतबार सार्बजनिक गर्ने कार्यक्रम तय गरिएको थियो। आइतबार तय गरिएको कार्यक्रम किन बुधबारको लागि सारिएको र काठमाडौँस्थित केन्द्रीय कार्यालयबाट गर्ने भनिएको कार्यक्रम किन मधेश प्रदेशबाट गर्न लागिएको भन्ने बारेमा पार्टीले केहि खुलाएको छैन ।
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि घोषणापत्र पेश गर्न फागुन ३ गते आइतबार सम्मको समयसिमा तोकेको र नेपाली काँग्रेसले पनि आइतबार नै आंफ्नो घोषणापत्रको रुपमा रहेको प्रतिज्ञापत्र सार्बजनिक गर्ने बताएको थियो।
तर, अब कांग्रेसले निर्बाचन आयोगमा आइतबार प्रतिज्ञापत्र बुझाएपनि मधेश प्रदेशको चुनाबी सभाबाट प्रतिज्ञापत्र सार्बजनिक गर्ने भएको छ ।नेपाली कांग्रेसले फागुन ६ गते मधेश प्रदेशमा चुनाबी सभाको आयोजना गरेको र त्यसपछि बिभिन्न प्रदेशमा त्यस किसिमका चुनाबी सभा गरिने भएको छ ।
यता नेपाली कांग्रेसका प्रबक्ता देबराज चालिसेले आंफ्नो सामाजिक संजाल फेसबुकमा यहि फागुन ७ गतेका दिन त्याग र समर्पणको पवित्र भूमि, शहीद नगरी जनकपुरधाममा ऐतिहासिक आमसभा हुन लागेको उल्लेख गरेका छन
उनका अनुसार नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन कुमार थापा लगायत केन्द्रीय नेताहरूबाट सम्बोधन हुने उक्त विशेष आमसभा प्रजातन्त्र दिवश अर्थात फागुन ७ गतेको लागि तय गरिएको छ।
कांग्रेस प्रबक्ता चालिसेले आंफ्नो फेसबुकमा लेखेको कुरा जस्ताको त्यस्तै..
त्याग र समर्पणको पवित्र भूमि – शहीद नगरी जनकपुरधाममा ऐतिहासिक आमसभा
नेपाली कांग्रेसका केन्द्रीय सभापति श्री गगन कुमार थापा ज्यू लगायत केन्द्रीय नेताहरूबाट सम्बोधन हुने विशेष आमसभा प्रजातन्त्र दिवश फाल्गुन ७ गते तय गरिएको छ।
“ चलु जनकपुर भरू जनकपुर “
जय नेपाल ।















