Play

कर्माचार्य समाजको बार्षिकोत्सव: मृगौला पिडित गुरुङलाई १ लाख सहयोग, चन्द्रकृष्णद्वारा लिखित पुस्तक लोकार्पण

गुरुकुल खबर


पोखरा, पोखराको प्रतिष्ठित ब्यबसायिक प्रतिष्ठान कर्माचार्य ग्रुप तथा चन्द्रकृष्ण कर्माचार्यको परिवारको तर्फबाट स्थापना गरिएको लक्ष्मीसुन्दरी कर्माचार्य मृगौला पीडित सहयोग कोषबाट कास्कीको सार्दीखोला घर भएकी मृगौला पिडित बुद्धिशोभा गुरुङलाई १ लाख रुपैया सहयोग प्रदान गरेको छ।

कर्माचार्य परिवारले स्थापना गरेको ३० लाख रुपैँयाको अक्षयकोषमा प्राप्त हुने ब्याज रकमबाट हरेक बर्ष एकजना मृगौला पिडित महिलालाई  एक लाख रुपैयाँ सहयोग गरिंदै आएको छ । कर्माचार्य समाज कास्कीको पाँचौं स्थापना दिवसको सन्दर्भमा आयोजित एक कार्यक्रममा उक्त रकम हस्तान्तरण गरिएको हो।

पोखराका उधोगपति चन्द्रकृष्ण कर्माचार्यकी धर्मपत्नी लक्ष्मीसुन्दरी कर्माचार्य लामो समयदेखि मृगौला सम्बन्धि रोगबाट पिडित भएकोमा नेपाल र भारतका बिभिन्न अस्पतालमा गराउंदै गर्दा केहि बर्ष अगाडी निधन भएको थियो।

उनको निधनपछि मृगौला सम्बन्धि रोगबाट पिडित र आर्थिक अबस्था कमजोर भएकाहरु मध्येबाट हरेक बर्ष एकजनालाई एक लाख रुपयाँ आर्थिक सहयोग प्रदान गर्ने उद्देश्यले चन्द्रकृष्ण कर्माचार्य र उनको परिवारले ३० लाख रुपैयाँको एक अक्षयकोष स्थापना गरेको थियो।

सोहि कोषबाट प्राप्त ब्याजको रकम मध्येबाट १ लाख रुपैयाँ ४९ बर्षिय मृगौला पिडित बुद्धीशोभा गुरुङलाई उक्त रकम पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका प्रमुख आचार्यले मृगौला रोगबाट पिडित हुने परिवारलाई कर्माचार्य परिवारले प्रदान गरेको सहयोगले हौसला प्रदान गर्नुका साथै समुदायमा सहयोगको भावना जागृत गर्न प्रेरणा मिलेको बताए ।

पोखरा महानगरपालिकाका प्रमुख आचार्यले गत बर्ष पोखरा महानगरपालिकाले नै आयोजना गरेको कार्यक्रमममा अचानक आँफुसमेत अग्नि दुर्घटनामा परेको स्मरण गर्दै मानिस बिरामी पर्दा आर्थिक मात्र नभएर शारीरिक एबम मानसिक समस्या भोग्नुपर्ने भएकोले बिपन्न परिवारको लागि आर्थिक सहयोग पनि अत्यावश्यक रहेको बताए ।

भिरकोट नगरपालिका स्यांग्जाका प्रमुख गोविन्द कर्माचार्यले मृगौला रोगी बिरामीको संख्या बढ्दै जाँदा पालिकाहरुमा रहेका अस्पतालमा डायलासिस मेसिनको आवश्यकता महसुस भएको कारण स्थानीय सरकार सहित प्रदेश र संघ सरकारले यसबारेमा चासो देखाउनुपर्नेमा जोड दिए ।

मणिपाल अस्पतालका न्युरोसर्जन डा.बालगोपाल कर्माचार्यले नसर्ने रोगबाट मर्नेको संख्या बढ्दै गएकाले आम सर्बसाधारणले नियमित रुपमा स्वास्थ्य जाँच गर्न र कुनै समस्या देखिएमा नियमित उपचारको लागि स्वास्थ्यकर्मीहरुसंग सम्पर्क गर्नुपर्ने कुरा बताए ।

यसैबीच सोहि समारोहमा कर्माचार्य ग्रुपका अध्यक्ष एबम पोखराका प्रतिष्ठित उद्योगपति चन्द्रकृष्ण कर्माचार्यद्वारा लिखित ‘संसार आफ्नै’  नामको पुस्तकको लोकार्पण समेत गरिएको थियो पोखरा महानगरपालिकाका प्रमुख आचार्यसहित अन्य अतिथिहरुले पुस्तकको लोकार्पण गरेका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चतुराखर अधिकारीले पुस्तकको समिक्षा गर्दै पुस्तकले उद्योग व्यवसायको क्षेत्रमा लाग्न प्रेरणा दिनुको साथै समाज प्रतिको जिम्मेवारी र पारिवारीक एकताका बारेमा सचित्रण गरेको बताए ।

स्व. लक्ष्मी सुन्दरी कर्माचार्यकी छोरी रेखा कर्माचार्यले हरेक बर्ष एकजना बिरामीलाई आर्थिक सहयोग गर्ने प्रतिबद्दता अनुसार यस बर्ष कास्कीको सार्दीखोलाकी बुद्धिशोभा गुरुङलाई १ लाख रुपैया सहयोग गरेको जानकारी दिईन।

उक्त समारोहमा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका पुर्व सदस्य समेत रहेका उद्योगपति चन्द्रकृष्ण कर्माचार्यले आंफ्नो ब्यबसायिक एबम व्यक्तिगत जिबनको सफलताको पछाडी आंफ्नो श्रीमती लक्ष्मीसुन्दरी कर्माचार्यको हात रहेको बताए । त्यस अबसरमा कर्माचार्यले आंफुले लेखेको पुस्तकको बारेमा पनि चर्चा गरेका थिए।

कर्माचार्य समाजका केन्द्रीय अध्यक्ष चन्द्रेश्वर कर्माचार्यले समाजले गरेका बिभिन्न कामको बारेमा जानकारी गराउंदै कर्माचार्य ग्रुप एबम चन्द्रकृष्ण कर्माचार्यको परिवारले बिभिन्न क्षेत्रमा गरेको सहयोग सबैको लागि प्रेरणादायी बनेको बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय अध्यक्ष आनन्दराज मुल्मीले राज्यले जनताको स्वास्थ्य प्रतिको जिम्मेवारी लिनुपर्ने बताउदै नसर्ने रोगको जनचेतना फैलाउनुपर्ने आवश्यकता रहेको बताए।

उक्त समारोहमा मृगौला पिडित व्यक्तित्व छनोट गर्ने समितिका सदस्य कल्याण कर्माचार्य, पोखराका ब्यबसायी ईश्वर कर्माचार्य, पोखरा महानगरपालिका -११ का वडाअध्यक्ष प्रेम कर्माचार्य लगायतका वक्ताहरुले रोग लाग्नुभन्दा पनि रोग लाग्न नदिनु उचित हुने भएकोले यस सम्बन्धमा सबैको ध्यान जानु आबश्यक रहेको बताए ।

२ फाल्गुन २०८२, शनिबार २१:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा