Play

घरदैलो अभियानलाई तीव्र पार्दै कास्की -१ का कांग्रेस उमेदवार ‘तिलक रानाभाट’

गुरुकुल खबर


लेखनाथ, नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाटले घरदैलो अभियानलाई तीव्र पारेका छन् । उनले बिहिबार र शुक्रबार मादी गाउँपालिका वडा नम्बर ८ र ९ मा घरदैलो र मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्। आममतदातासँग मतसँगै सुझाव माग्दै उनले दुवै वडामा विकासको खाका कसरी बनाउने र समृद्ध मादी बनाउनको लागि कसरी काम गर्ने भनेर स्थानीय मतदाताहरूसँग सुझाव समेत मागेका छन्।

उनले वडा नम्बर ८ अन्तर्गतका पाखुरीकोट, नागिधार,रबैडाँडा पाेश, परक्यु लगायत वडा नम्बर ९ का गहते च्याङ्ग्दी मिजुरे, गोर्जे मोग्री मोग्रिबेसी पालुवा बेसी लगायतका ठाउँहरूमा मतदाताहरूसँग भेटघाट गरेका छन् । यसैक्रममा मादी गाउँपालिका वडा नम्बर ८ र ९ मा चुनाव प्रचारप्रसार सचिवालय उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले समय अनुकूल जनताको मागअनुसारको विकास गर्न नेपाली कांग्रेस सदैव तयार रहेको धारणा व्यक्त गरेका थिए।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण केसी, कास्की जिल्ला सभापति किशोर दत्त बराल, जिल्ला सचिव भानुभक्त ढकाल, मादी गाउँपालिका सभापति यमबहादुर गुरुङ, क्षेत्रीय सचिव ओम प्रकाश गुरुङ वडा नम्बर ८ सभापति राजेन्द्र अधिकारी, वडा नम्बर ९ सभापति प्रभात अधिकारी क्षेत्रीय प्रतिनिधिहरू आशा गुरुङ कमलमणि अधिकारी सञ्जय गुरुङ चेतबहादुर गुरुङ जनकदत्त अधिकारी महेन्द्र शाही सुचिता तामाङ कृष्ण न्यौपाने स्थानीय नेताहरू तुलबहादुर गुरुङ शंकर तामाङ दिपाल गुरुङ लगायतले उम्मेदवारलाई सफलताको शुभकामना र विकासमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाटले सबैसँग मिलेर विकासमा हातेमालो गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। आफू राजनीति सिक्दै गरेको अवस्थामा आफू जन्मेको र हुर्केको मादी गाउँपालिकाका स्थानीयहरूले सल्लाह सुझाव दिएर नै आफू अगाडि बढ्ने व्यक्त गरेका छन्।

१ फाल्गुन २०८२, शुक्रबार २०:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा