पोखरा, नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख आशिष कार्कीले संस्थानबाट दिने सेवालाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराद्वारा आयोजित सम्मान तथा विदाई कार्यक्रममा बोल्दै उनले सेवा प्रवाह गर्दा कर्मचारीले गम्भिरतापूर्वक उपभोक्ताको हितमा काम गर्न कर्मचारीलाई निर्देशन दिए।
नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराका अध्यक्ष अनिल शर्मा सुवेदीकोअध्यक्षतामा भएको कार्यक्रममा संघका तत्कालिन उपाध्यक्ष समेत रहेका भोजराज चापागाँईलाई विदाई गर्न आयोजित कार्यक्रममा कार्यालय प्रमुख कार्कीले कर्मचारीमा इमान्दारिता र लगानशीलता हुनुपर्ने भन्दै खानेपानीको सेवालाई अब्बल बनाउने काम कर्मचारीबाट मात्र सम्भव हुने बताए ।
कार्यक्रममा कर्मचारी संघका केन्द्रीय अध्यक्ष केदार धमलाले संस्थानलाई बलियो र भरपर्दो बनाउने अभियान केवल कर्मचारीबाट मात्र पुरा हुने भन्दै कर्मचारीको सेवा, सुविधा तथा स्थायित्वतर्फ सिंगो व्यवस्थापन लाग्नु पर्नेमा जोड दिए ।अध्यक्ष धमलाले संस्थानको ३७ औं वार्षिकोत्सव आगामी फागुन १५ गते भएकाले कर्मचारी संघले रचनात्मक कार्यक्रम मार्फत् सवै कर्मचारीलाई जोड्ने बताए ।
कर्मचारी संघ इकाई समितिका सचिव विमल तिमिल्सिनाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य राख्ने क्रममा कर्मचारी संघका सदस्य विक्रम बरुवालले भोजराज चापागाईबाट धेरै कुरा सिक्नुपर्ने बताए ।
कार्यक्रममा कर्मचारी संघ केन्द्रीय समिमिका सल्लाहकार एवं पोखरा शाखाका प्रशासन प्रमुख विष्णुप्रसाद रेग्मीले कर्मचारी एकतामा जोड दिँदै आफूलाई परेको समस्या खुलेर भन्न आग्रह गरे । कार्यक्रममा कर्मचारी संगठन केन्द्रीय समितिका महासचिव वसन्तराज भण्डारीले संघको रचनात्मक कार्यक्रमलाई शुभकामना दिँदै विदाई भएका कर्मचारी चापागाईलाई आगामी दिनको सुखद यात्राको कामना गरे ।
चापागाईलाई दोसल्ला र कदर पत्रले सम्मान तथा विदाई गरिएको कर्मचारी संघका सदस्य रुपेश पाण्डेले जानकारी दिए ।















