Play

आहा रारा पोखरा गोल्डकप जारी, मनाङ मर्स्याङ्दी क्लबद्वारा एपिएफ पराजित

गुरुकुल खबर


पोखरा, सहारा क्लब पोखराको आयोजनामा पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ । पोखरा रंगशालामा बिहीबार भएको प्रिक्वाटर फाइनल खेलमा मनाङले सशस्त्र प्रहरी बलको एपिएफ क्बललाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको हो । मनाङको जीतमा रोनिश धेके राजभाक र सुरेश कुमालले १-१ गोल गरे । भने, एपिएफका लागि युवराज राइले गोल गरेको थिए ।

अधिकांस दोस्रो रोजाइको खेलाडी लिएर मैदान उत्रिएको एपिएफले पहिलो हाफको सुरुआती समयमा नै अग्रता बनाएको थियो । खेलको ११ औं मिनेटमा दिशन राईले मिलाएको पासमा युवराज राईले गोल गरेका थिए । गोल ब्यहोरेपछि भने मनाङले आक्रामक फुटबल खेलेको थियो ।२२ औं मिनेटमा मनाङका एन्ड्रीयु एबोयामोह प्रहार गरेको फ्रिकिक बललाई एपिएफका गोलरक्षक अतिप श्रेष्ठले क्लियर गरे ।

त्यसको ७ मिनेटपछि नै मनाङले पाएको फ्रिकिकमा रोनिशको प्रहारमा पहिलो बार नजिक रहेका सुरेश कुमालले पोस्टको दिशा दिन सकेनन्। ३२ औं मिनेटमा रोनिशले नै डिबक्स बाहिरबाट दिएको पास नो मार्क रहेका नवराज गुरुङ र गिडिओन नोअहले भेटेनन्  ३४ औं मिनेटमा एपिएफले पनि पाएको मौका सदुपयोग गर्न सकेन् । बिके तामाङको कर्नरमा मनाङका गोलरक्षकले क्लियर गर्न नसकेको बलमा युवराज राइको प्रहार पहिलो बार नजिकैबाट बाहिरियो । पहिलो हाफमा १–० मा सकिएको थियो ।

दोस्रो हाफको सुरुआती समयबाट नै मनाङ आक्रामक रुपमा अघि बढेको थियो । बारम्बार पोस्ट प्रहारका दौरान ५७ औं मिनेटमा मनाङले बराबरी गोल गर्‍याे । आशिष श्रेष्ठले सिधैं पेनाल्टी बक्स गरेको थ्रो बललाई एपिएफले नियन्त्रण गर्ने प्रयास गरेपनि नजिकै रहेका रोनिश धेके राजभाकले गोल गरेका थिए । एपिएफका डिफेन्डर फ्रि छाडेको फाइदा उठाउँदै प्रहार गरेको बल गोलरक्षक र डिफेन्डरको बिचबाट गोललाइन क्रस भएको थियो ।

त्यसपछि मनाङले ७७ औं मिनेटमा गोल गर्दै २–१ को अग्रता बनाएको थियो । यो गोलमा पनि आशिष श्रेष्ठको नै योगदान रहेको थियो । अघिल्लो गोलमा जस्तै आशिषले सिधैं पोस्टमा प्रहार गरेको थ्रो बलमा एपिएफमा खेलाडीले क्लियर गर्न नसक्दा सुरेश कुमालले हेडिङ गर्दै गोल गरेका थिए । त्यसपछि दुवै टिमबाट गोल हुन नसम्दा मनाङले खेल २–१ ले जितेको हो । एपिएफ र मनाङ खेलमा मनाङका रोनिश धेके राजभाक म्यान अफ दी म्याच चुनिए । मनाङले अब क्वार्टरफाइनलमा भारतको थन्डरबोल्ट यूनाइटेडसँग खेल्नेछ ।

शुक्रबार फेन्ड्स क्बल र प्लानिङ ब्वाईज यूनाइटेडबिच अन्तिम फ्रिक्वार्टर फाइनल खेल हुनेछ । आयोजक सहारा क्लबले रजत जयन्तीको अवसरमा खेललाई अस्थायी फ्लड लाइट राखेर सन्धाकालीन रुपमा खेलाउने प्रयास गरे पनि पहिलो खेलपछि बुधबार र बिहीबारको खेल दिउँसो नै खेलाएको छ ।

मंगलबार देखी सुरु भएको प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको समुह ‘क’ मा नेपाल पुलिस क्लब, आयोजक सहारा क्लब, गोर्खा फुटबल क्लब हङकङ, एपिएफ, मनाङ मर्स्याङ्दी क्लब र डन्थरबोल्ट नर्थ युनाइटेड रहेका छन् । यस समुहबाट मनाङ हार्दै एपिएफ र आयोजक सहारा क्लबसँग उद्घाटन खेलमा १–० ले हारेको हङकङको गोर्खा इन्टरनेशनल बाहिरिसकेको छ ।

यस्तै समूह ‘ख’ मा जावलाखेल, मछिन्द्र, चर्च ब्वाइज युनाइटेड, फ्रन्डस क्लब, प्लानिङ ब्वाइज युनाइटेड र आभा फुटबल क्लब उज्वेकिस्तान रहेको छ । यस समूहबाट जावलाखेलसँग २–० ले हार्दै मछिन्द्र प्रतियोगिताबाट बाहिरिएको छ । फागुन ९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले १४ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउने छ । अनुशासित टोलीलाई २५ हजारसहित ट्रफी प्रदान गरिने छ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई नगद २५ हजार जनही प्रदान गरिने छ ।

२९ माघ २०८२, बिहीबार २२:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा