Play

कोशी प्रदेशमा निर्वाचन केन्द्रित समाचार अभियान संचालन हुने

गुरुकुल खबर


इटहरी, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नयन एडभरटाइजिंग मिडिया प्रा.लि.द्वारा सञ्चालित प्रदेशखबर डटकमले विशेष निर्वाचन केन्द्रित समाचार अभियान सञ्चालनमा ल्याएको छ । कोशी प्रदेशमा निर्वाचनसम्बन्धी गतिविधिलाई आम नागरिकको पहुँचमा पु¥याउने तथा सत्य, तथ्य र सन्तुलित समाचारमा केन्द्रित रहने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो ।

यस अभियानमा कोशी प्रदेशका जुनसुकै जिल्लामा कार्यरत पत्रकारले सहभागिता जनाउन सक्ने प्रदेशखबरका समाचार संयोजक कृष्ण भट्टराईले जानकारी दिए । उनका अनुसार अभियान एक महिनासम्म सञ्चालन हुनेछ । सहभागी पत्रकारहरूले आफ्नो कार्यक्षेत्र, जिल्ला वा कोशी प्रदेश केन्द्रित निर्वाचनसम्बन्धी फिचर, अन्तरवार्ता, सूचनामूलक सामग्री तथा समाचार पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रदेशखबरले प्रकाशित प्रत्येक समाचारअनुसार निर्धारण गरिएको पारिश्रमिक प्रदान गर्ने जनाएको छ । साथै, निर्वाचन अवधिभर सबैभन्दा बढी खटिने, मेहनत गर्ने र समाचारलाई सशक्त, तथ्यपरक तथा प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने एक जना सञ्चारकर्मीलाई ‘टप अफ द मन्थ’ घोषणा गरी थप नगदसहित आकर्षक पुरस्कार प्रदान गरिने जनाइएको छ ।

२५ माघ २०८२, आईतवार २१:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा