पोखरा, प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिँदै गर्दा नेपाली काँग्रेस कास्कीले तीन वटै निर्वाचन क्षेत्रमा आफ्ना चुनावी गतिविधि तीव्र पारेका छ । उम्मेदवारहरु मतदातासँग भोट माग्न मात्र हैन् सुझाव संकलन र चुनावी सम्पर्क कार्यालय स्थापनामा व्यस्त देखिन्छन् ।
यसैक्रममा नेपाली काँग्रेस कास्कीले निर्वाचन क्षेत्र नं २ मा आफ्नो चुनावी प्रचारप्रसारका सम्पर्क कार्यालय स्थापना गर्ने काम अभियानकै रुपमा चलाइरहेको छ। शनिबार पोखरा–७ र १५ मा काँग्रेस उम्मेदवार माधवप्रसाद बास्तोलाले चुनावी सम्पर्क कार्यालयको उद्घाटन गरेका छन । यस अघि कांग्रेसले कास्की २ अन्तर्गत पोखरा– ४, ८, ९, ११ र २१ मा चुनावी सम्पर्क कार्यालय स्थापना भगरिसकेको छ ।
शनिबार पोखरा–७ र १५ नं वडाको चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्दै कांग्रेस उमेदवार माधव प्रसाद बास्तोला (मधु) ले नेपाली काँग्रेसले जेन्जीका मागलाई आफ्नो प्रमुख एजेण्डाको रुपमा मात्र नभई उनीहरुलाई सँगसँगै लिएर अगाडि वढ्ने प्रतिवद्धता व्यक्त गरे।
प्रजातन्त्र, व्यक्ति स्वतन्त्रता, स्वतन्त्र प्रेस र न्यायलयप्रति विश्वास राख्ने नेपाली काँग्रेसको सामाजिक सञ्जाल बन्द गर्ने उद्देश्य छैन्, बन्दपनि गर्दैन उनले भने “सूचना प्रविधिमा विश्व सागुरो भएको क्षणमा काँग्रेसले सामाजिक सञ्जाल बन्द गर्ने कल्पना पनि गर्न सक्दैन।
सुशासनको पक्षमा सधै खरो उत्रदै आएको काँग्रेसले वि.स. २०४६ सालपछि पनि भ्रष्टाचार गरेको आरोपमा काँग्रेसका केही मन्त्रीहरलाई कारवाही गरेको इतिहास रहेको उनले सुनाए । जेन्जी समुहले गरेको आन्दोलन सामाजिक सञ्जाल खुला र सुशासनका पक्षमा हो, उनीहरु सत्तामा जानका लागि आन्दोलन गरेका थिएनन्, जेन्जीका एजेण्डा सही छन्, त्यसमा मेरो पूर्ण समर्थन छ, उम्मेदवार बास्तोलाले भने–काँग्रेस जेन्जीलाई सँगै लिएर उनीहरुको मागलाई पूरा गर्न चाहन्छ।
युवाको काँधमा नेतृत्व प्रदान गर्नका लागि काँग्रेसले जोखिम मोलेर भएपनि विशेष महाधिबेशन गरेको र युवाको हातमा नेतृत्व पुगेको उनले स्मरण गरे, उम्मेदवार बास्तोलाले भने–काँग्रेस बदलिएको छ, अब देश बदल्छौ।
कास्की निर्वाचन क्षेत्रनं ७ र १५ को चुनावी सम्पर्क कार्यालय उद्घाटनका क्रममा नेपाली कााग्रेसका नेताहरु सोभियतबहादुर अधिकारी, वृन्दादेवी राना, वीरेन्द्रनारायण विजुक्छे, ऋषि काफ्ले, केशर निर्दोषी, नम्रता बराल, शोभाचन्द्र बराल, विजयराज आचार्य, नवीन बराल, तारा पाखे, सुशील पराजुली लगायतले आफ्ना भनाइ राखेका थिए । उम्मेदवार बाँस्तोला शनिबार नै पोखरा–७, १५ र पोखरा २१ स्थित मट्टीखानका मतदातासंग भेटघाट गर्नुको साथै उनीहरुका गुनासो र सुझाब लिएका थिए।















