Play

गण्डकी र कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

गुरुकुल खबर


पोखरा, नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना देखिएको छ। गण्डकी प्रदेशको पोखरामा चिसो बढ्नुको साथै आकाशमा बादल लागेको छ ।

महाशाखाले आज शनिबार बिहान जारी गरेको बुलेटिन अनुसार, अहिले तराईका भू-भागमा हुस्सु लागेको छ भने कोशीसहित देशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ। आज दिउँसो कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानहरूमा दिउँसो पनि हुस्सु/कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागको मौसम भने मुख्यतया सफा रहने अनुमान छ।

राति पनि कोशी र गण्डकीका उच्च भेगमा हल्का हिमपातको सम्भावना कायमै रहनेछ भने तराईका थोरै स्थानमा हुस्सु लाग्नेछ।

२४ माघ २०८२, शनिबार ०८:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा