Play

सुशासन र विकास निर्माणमा जोेड दिने कास्की-२ मा कांग्रेसका उमेदवार बास्तोलाको भनाई

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवप्रसाद बास्तोलाले आफूले जनताको समस्या समाधान गर्ने र सुशासनको पक्षमा जोडदार रुपमा आबाज उठाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पोखरा–११ फूलबारीस्थित नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं २ को चुनाव प्रचारप्रसार सम्पर्क कार्यालयको शुक्रबार उद्घाटन कार्यक्रममा उनले आफ्नै वडावासीसामु यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

राजनीति क्षेत्रमा लागेकै समयदेखि आफू सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा उभिदै आएकाले कास्की २ का मतदाताले आफूलाई न्याय गर्नेमा विश्वास व्यक्त गर्नुभयो । आफ्नो सम्पूर्ण जीवन इमान्दारपूर्वक राजनीति र समाजसेवामा लागेकै कारण काँग्रेसले आफूलाई टिकट दिएका र चुनावमा होमिएको उनले बताए ।

पार्टीमा युवा सभापति भएकै कारण पार्टीका नेता तथा कार्यकर्तामा यतिबेला उत्साह थपिएको छ, उनले भने जेन्जी समुहले उठाएका माग पनि देशको अभिभावकीय पार्टी काँग्रेसले सम्बोधन गर्ने कुरामा विश्वस्त गराउँछु ।

कास्की क्षेत्र नं २ का मतदाताको सुझाव संकलन गर्ने क्रममा अनगिन्ती समस्या आएका छन् ति समस्या समाधानका लागि आफू सक्रिय भएर लाग्ने भनाइ उनको छ । युवा बेरोजगारी र मंहगी नियन्त्रण, पर्यटन, कृषि, सुकुम्वासी समस्या, सुशासन, खानेपानी, ढलनिकास, फोहोरमैलाको व्यवस्थापन, सडक, पुल, तटबन्द जस्ता समस्या यहाँका मूल समस्याका रुपमा देखिएको पनि उनले जानकारी दिए ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य वीरेन्द्रनारायण विजुक्छे र क्षेत्रिय सभापति केशर निर्दोषी लगायतले आआफ्नो भनाई राखेका थिए ।

२३ माघ २०८२, शुक्रबार २२:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा