Play

कास्की -३ मा नेपाली काँग्रेसको प्रचार अभियान: सम्पर्क कार्यालय उद्घाटन र घरदैलो कार्यक्रम जारी

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेस कास्की क्षेत्र नं.३ ले आफ्नो क्षेत्र भित्र पर्ने पोखरा महानगरपालिकाका विभिन्न वडा , माछापुच्छ्रे गाउँपालिका र अन्नपुर्ण गाउँपालिकामा प्रचार प्रसार कार्यालय उद्घाटन एवम् उम्मेद्वार सहितको घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी घरदैलो कार्यक्रमलाई तिव्रता दिएको हो ।

सोही अन्तर्गत पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोटमा बुधबार नेपाली काँग्रेसको चुनावप्रचारप्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन सहित घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य कृष्ण केसी, पुर्व सांसद शारदा पौडेल, कास्की काँग्रेसका उपसभापति एवम कास्की क्षेत्र नंम्बर ३ का निर्वाचन परिचालन समितिका संयोजक युवराज कुँवर र उम्मेदवार मनोज गुरुङले उक्त कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य केसीलो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा बद्लिएर आएको नेपाली कांग्रेसले अब देश र जनताका अवस्थालाई नै बदल्ने संकल्पका साथ निर्वाचनमा होमिएको बताए ।

कार्यक्रममा विगत ३५ वर्ष देखि कम्यूनिष्ट पार्टीमा लागेका समाजसेवी चक्रपाणि त्रिपाठी सहित टिकाराम भट्टराई, नवयुवा विजय अधिकारी, इन्दिरा त्रिपाठी लगाएत दर्जन वढी व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेको बताइएको छ नेपाली काँग्रेसमा प्रवेश गरेका त्रिपाठीले पटक पटक कम्यूनिष्ट पार्टीहरुले आफु र आफु जस्ता इमानदार कार्यकर्तालाई झुठा अस्वासन बाडेर देशलाई नै कंगाल बनाएको आरोप लगाए । आफू लहड र भावनामा नभइ निकै सुजबुझ ढङ्गले नेपाली कांग्रेसमा प्रवेश गरेको उनको भनाई थियो ।

जेनजी युवा एलिसा अधिकारीले अहिलेको परिवेशमा भाषण गर्ने नभइ जनताको भावना बुझ्ने र काम गर्ने नेता चाहिएको भन्दै त्यो नेता क्षेत्र नंं. ३ मा मनोज गुरुङ र आइबहादुर गुरुङ भएको बताइन । अनुभवी नेतृत्व विना देश अगाडी बढ्न नसक्ने बताउदै देशलाई निकास दिन गगन थापा भावी प्रधानमन्त्रीको रुपमा अगि बढि सकेको बताउनुभयो ।

नेपाली काँग्रेस कास्कीका उपसभापति एवम कास्की क्षेत्र नंम्बर ३ का निर्वाचन परिचालन समितिका संयोजक युवराज कुँवरले कांग्रेस देशको पार्टी मात्र नभइ देशको शक्ति भएको बताउदै देश बदल्ने अठोटका साथ बदलिएर आएको कांग्रेसलाई सबै क्षेत्रमा जिताएर नेपाली काँग्रेसको सरकार बनाउनुपर्ने खाँचो औंल्याए ।

नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार मनोज गुरुङले राजनिति आफ्नो लागि सेवा भएको बताउदै व्यक्तिगत इच्छा त्यागेर जनताले देखेको सपनालाई आफुले बोकेर पुरा गर्ने अठोटका साथ लाग्ने प्रतिवद्धताका साथ हिडेको बताए । आफ्नो क्षेत्रमा डुल्दा घरघरमा आशा र सम्भावना बोकेका युवा कांग्रेसमा आकर्षित भएको बताउदै युवालाई देशमै बस्ने वातावरण बनाउन आँफुले इमान्दारितापुर्वक पहल गर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका पुर्व केन्द्रिय सदस्य एवम पुर्व सांसद शारदा पौडेल, गणेशमान फाउन्डेसनका गण्डकी प्रदेश अध्यक्ष दुर्गा प्रसाद तिमिल्सीना, नवयुवा विवेक तिमिल्सीना लगायतले आआफ्नो भनाई राखेका थिए ।

नेपाली काँग्रेस पोखरा २४ कार्यसमितिका सभापति प्रताप बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपसभापति हरिदत्त तिमिल्सीना र सचिव चन्द्रेश्वर वस्ताकोटीले वडा कार्यसमितिले गरेका बिभिन्न कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

२१ माघ २०८२, बुधबार १९:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा