पोखरा, आसन्न निर्बाचनमा नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीको भूमिकाको सम्बन्धमा संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालको उपस्थितिमा संघको कास्की जिल्ला समितिको बैठकमा बिशेष छलफल गरिएको छ ।
आगामी चुनाबमा नेपाली काँग्रेसलाई बिजयी गराउन सकेमात्र प्रजातन्त्र र संबैधानिक सर्वोच्च्चता कायम रहने भएकोले कांग्रेस र रुख चिन्हमा मत माग्न प्रजातन्त्र सेनानीहरुपनि सक्रिय बन्नुपर्ने कुरामा बैठकका सहभागीहरुले जोड दिएका थिए ।
संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले निर्बाचन क्षेत्र अन्तर्गतका सबै प्रदेशमा संघले निर्बाचन समिति गठन गरेर आंफ्नो गतिबिधि अगाडी बढाउनुपर्नेमा जोड दिए ।
संघका सल्लाहकारहरु दुर्गा प्रसाद तिमिल्सिना र विशेश्वर पराजुलीले ओईलाउन लागेको रुखमा जल सेंचन गर्न र बिपक्षीहरुलाई पनि गाली गलोज नगरी मत मग्न प्रजातन्त्र सेनानीहरुपनि लाग्नुपर्ने बताए ।
बैठकमा संघका गण्डकी प्रदेश अध्यक्ष नविनबाबु पौडेल, संघका केन्द्रीय सदस्य कृष्ण मुरारी खनाल जिल्ला पदाधिकारीहरू, सल्लाहकारहरु प्रदेश पदाधिकारीहरु समेतको उपस्थिति रहेको संघका कास्की जिल्ला सचिब फणिन्द पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए । उनका अनुसार नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नं २ का उमेदवार माधव प्रसाद बास्तोला (मधु) पनि बैठकमा उपस्थित थिए।
बैठकको अध्यक्षता नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीका अध्यक्ष देवराज बरालले गरेका थिए भने सचिब फणीन्द्रराज पराजुलीले संघले जिल्लामा संचालन गरेका गतिविधिबारेमा जानकारी गराएका थिए ।















