Play

पोखरा रंगशालामा १९ बर्ष कमको साफ महिला च्याम्पियन शनिबारबाट हुने

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशको राजधानी एबम राष्ट्रिय एबम अन्तराष्ट्रियस्तरमा पर्यटकीय नगरको रुपमा परिचित पोखरामा १९ बर्ष मुनिका खेलाडीहरु सहभागी (यू–१९) महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता शनिबार देखि सुरु हुने भएको छ । यही माघ २४ गतेसम्म पोखरा रंगशालाको फुटवल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएकोे अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज (विहिबार) पोखरामा पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिएको हो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को समन्वय तथा एन्फाको आयोजनामा हुने यस प्रतियोगितामा नेपाल सहित भारत, बंगलादेश र भुटान गरी चार देशका यू–१९ महिला टोलीको सहभागिता हुने भएको एन्फाका प्रवक्ता सुरेश शाहले बताए । श्रीलंका, पाकिस्तान र माल्दिभ्स भने यस संस्करणमा सहभागी नहुने उनको भनाई थियो ।

प्रतियोगिता सम्पन्न गर्नको लागि आबश्यक पूर्वाधार सहित सुरक्षाको ब्यबस्था समेत गरिएको बताइएको छ कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुंगले प्रतियोगिता सम्पन्न गर्न आबश्यक सुरक्षा व्यबस्थाको लागि कास्कीका प्रजिअ रुद्रादेवी शर्मासंग कुरा भैसकेको र चुनाबको तयारीको समय भएपनि अन्तराष्ट्रिय स्तरको प्रतियोगिता पोखरामा हुन लागेकोले सुरक्षा ब्यबस्था मिलाइने प्रजिअ शर्माले बताएको गुरुंगको भनाई छ ।

एन्फाका प्रमुख कार्यकारी अधिकृत रत्नकुमार श्रेष्ठले प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताए। प्रतियोगिताको हुनु अगाडी शुक्रबार चारवटै देशका टोलीका प्रशिक्षक र कप्तानको सहभागितामा पोखरामा अन्तिम पत्रकार सम्मेलन समेत आयोजना गरी प्रतियोगितामा सहभागि हुने टिमको बारेमा जानकारी गराइने उनले बताए ।

प्रशिक्षणका लागि पोखरा महानगरपालिका–१९, लामाचौरस्थित गोस्तेघाट खेल मैदान प्रयोगमा ल्याइएको छ  जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङका अनुसार पोखरा रंगशालामा खेलाडी चेन्जिङ रुम, प्लेयर बक्स, ड्रेसिङ रुम लगायत आवश्यक भौतिक पूर्वाधार तयार पारिएको छ । कास्की जिल्ला फुटबल संघ, पोखरा महानगरपालिका खेलकुद विकास समिति र प्रदेश फुटबल संघको सहकार्यमा मैदान मर्मत तथा आबश्यक पूर्वाधार समेत निर्माण गरिएको अध्यक्ष गुरुङले बताए ।

प्रतियोगिता सम्पन्न गर्न करिब २ करोड ४५ लाख १५ हजार २९० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यस अवसरमा साफका महासचिव पुरुषोत्तम कट्टेलले आगामी दुई वर्षभित्र पोखरामै साफ फुटबल च्याम्पियनसिप आयोजना गर्ने योजना रहेको बताए । आवश्यक पूर्वाधार तयार भएको खण्डमा पोखरामा थप अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने उउनको भनाई थियो ।

माघ १७ देखि २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा राउन्ड रोबिन लिग प्रणाली लागू हुनेछ । प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्नेछन् । लिग चरणपछि शिर्ष दुई टोलीबिच माघ २४ गते फाइनल खेल हुनेछ । प्रतियोगिताको उद्घाटन खेल माघ १७ गते बंगलादेश र भुटानबीच हुनेछ। सोही दिन आयोजक नेपालले भारतसँग दिउँसो प्रतिस्पर्धा गर्नेछ।

लिग चरणका खेलहरू माघ १९ र २१ गते सञ्चालन हुनेछन्, जहाँ प्रत्येक दिन दुई–दुई खेल हुनेछन्। यस प्रतियोगिता पोखरामा आयोजना हुन लागेको सन् २०१९ को १३औँ दक्षिण एसियाली खेलकुद (साग) पछिको पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो । १३औँ सागमा पहिलो पटक महिला फुटबल पोखरा रंगशालामा आयोजना गरिएको थियो। घरेलु मैदानमा प्रतिस्पर्धा गर्न लागेको नेपाली यू–१९ महिला टोलीलाई समर्थन गर्न पोखरासहित देशभरका फुटबलप्रेमी दर्शकको उल्लेखनीय उपस्थिति रहने अपेक्षा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले  गरेका छन।

यसै अवसरमा एन्फाका सिईओ इन्द्रमान तुलाधरले पोखरालाई अन्तर्राष्ट्रिय फुटबलको ‘हब’ बनाउने लक्ष्यसहित एन्फा अघि बढिरहेको उल्लेख गरे। दर्शकहरूको सहजताका लागि सामान्य प्यारापिटतर्फ २०० रुपैयाँ र भीआईपीतर्फ ५०० रुपैयाँका टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

१५ माघ २०८२, बिहीबार २३:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा