Play

टाइगर कपः माल्दिभ्सविरुद्ध पुलिसको सहज जित, महिलातर्फ थाइल्याण्ड क्विन्स तेस्रो

गुरुकुल खबर


पोखरा, छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसियसनविरुद्ध सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुरुषतर्फ पुलिसले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट २५–११, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पार्यो । जितसँगै पुलिसले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।

हालसम्मका ५ वटा खेलबाट पुलिसले १० अंक जोडेको छ । समान ४ खेल खेलेका गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघको समान ९ अंक छन् । गण्डकी र पर्वतले शुक्रबार एकआपसमा भिड्नेछन् । कुनै एक टोलीले सिंगो ३ अंक प्राप्त गर्ने गरी जित निकालेको अवस्थामा जित्ने टोली र पुलिस फाइनलमा पुग्नेछन् । उक्त खेल पाँचौं सेटमा पुगेको अवस्थामा भने सेटमा आधारमा फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।

यसैगरी छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्स तेस्रो बनेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत महिलातर्फको तेस्रो स्थानका लागि भएको खेलमा थाइल्याण्डले एपीएफलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २३–२५ ले गुमाएको थाइल्याण्डले दोस्रो सेट २५–११ र तेस्रो सेट २५–९ ले आफ्नो पक्षमा पार्यो ।

थाइल्याण्डले चौथो सेट २३–२५ ले गुमाउँदा खेल पाँचौं सेटमा धकेलियो । पाँचौं सेटमा १५–११ ले आफ्नो आफ्नो पक्षमा पार्दै थाइल्याण्ड तेस्रो बन्यो । तेस्रो बनेसँगै थाइल्याण्डले २ लाख ६ हजार ६६६ रुपैयाँ हात पा¥यो । महिलातर्फको उपाधिका लागि भने न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । उक्त खेल शुक्रबार हुनेछ ।

अब पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल एपीएफ खेल्नेछन् । दुवै टोली फाइनल दौडबाट बाहिरिसकेका छन् । यसअघि आजै भएको महिलातर्फको खेलमा सशस्त्र प्रहरी बल एपीएफलाई हराउँदै थाइल्याण्ड क्विन्स तेस्रो बनेको थियो । तेस्रो बनेसँगै थाइल्याण्डले २ लाख ६ हजार ६६६ रुपैयाँ हात पार्यो । महिलातर्फको उपाधिका लागि भने न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । उक्त खेल शुक्रबार हुनेछ ।

१५ माघ २०८२, बिहीबार १६:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा