Play

पोखराका पत्रकार बस्नेत र तिमिल्सिनालाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार प्रदान

गुरुकुल खबर


पोखरा, पोखरामा लामो समयदेखि पत्रकारितामा सनग्न धन बस्नेत र सागरराज तिमिल्सिनालाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । बुधबार नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको एक कार्यक्रममा पत्रकार द्वय बस्नेत र तिमिल्सिनालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने उक्त पुरस्कार २०८१ बाट बस्नेत र २०८२ बाट तिमिल्सिना पुरस्कृत भएका हुन। टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कारको राशी नगद २५ हजार १११ रुपैया रहेको छ । टंकादेवी–तुलसीप्रसाद कोइरालाका छोराहरु सुर्य कोइराला र सुबर्ण कोइराला सहित परिवारले अक्षयकोषको लागि रकम उपलब्ध गराएपछि नेपाल पत्रकार महासंघ कास्कीले उक्त पुरस्कार संचालन गर्दै आएको छ।

पत्रकार बस्नेत खेलाडीन्यूज डटकम र टक्सार म्यागाजिनमा आवद्ध छन् । २०६० सालमा नेपाल समाचारपत्रबाट पत्रकारिता सुरु गरेका उनले नागरिक दैनिकमा पनि काम गरेका थिए । बस्नेतले यसअघि सहारा खेलकुद पुरस्कार २०६४ र जिल्ला खेलकुद विकास समिति, कास्कीले प्रदान गर्ने उत्कृष्ट खेल पत्रकार पुरस्कार प्राप्त गरिसकेका छन् ।

अर्का पत्रकार तिमिल्सिना एपिवान टिभी र क्लिक गण्डकीमा आवद्ध छन् । २०५९ सालदेखि समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका तिमिल्सिनाले पोखरा एफएम, रेडियो तरङ्ग, उज्यालो रेडियो नेटवर्क, विग एफएम, एभिन्यूज, सेतोपाटी, गनथन डटकममा काम गरिसकेका छन् । तिमिल्सिनाले यसअघि सहारा पत्रकारिता पुरस्कार, जिल्ला खेलकुद विकास समिति कास्कीले प्रदान गर्ने खेलकुद अवार्ड र रेवान पोखराले प्रदान गर्ने पर्यटन पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् ।

गण्डकी विश्व बिद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले उनीहरुलाई सम्मानपत्र प्रदान गरेका थिए भने महासंघका पुर्व अध्यक्ष माधव शर्मा, पुरस्कारका दाता सुबर्ण कोइराला, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपसभापति गंगाधर पराजुली लगायतले पुरष्कृत पत्रकारलाई माला र टिका लगाएर सम्मान गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. तिवारीले पुरस्कारको रकम आर्थिक दृष्टिले थोरै भए पनि पुरस्कारको गरिमा र यसले सामाजिक रुपमा पार्ने प्रभाव धेरै महत्वपूर्ण हुने उनले जनाए । पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पुरस्कार दाता सुवर्ण कोइराला, पुरस्कृत पत्रकार बस्नेत र तिमिल्सिना, महासंघ कास्कीका सचिव भूपाल गुरुङ,प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बराल लगायतले पुरस्कार र पुरष्कृत प्रतिभाको बारेमा चर्चा गरे ।

पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष नारायण कार्की संयोजक रहेको प्रतिक्षा छनोट समितिले छनोट गरेको नाम महासंघ कास्कीको कार्यसमिति बैठकले अनुमोदन गरेको हो । समितिका सदस्यमा राजेन्द्र अधिकारी, मोतिसागर अधिकारी, माधवप्रसाद बराल र भूपाल गुरुङ थिए ।

१५ माघ २०८२, बिहीबार १०:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा