Play

काठमाडौँको आकाशमा कुहिरो लागेपछि काठमाडौँसहित पोखराबाट हुने उडान पनि ठप्प

गुरुकुल खबर


पोखरा, मौसममा आएको परिवर्तनसंगै बाक्लो कुहिरोका कारण भिजिबिलिटी (पारदर्शिता) ह्वात्तै घट्दा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान अवरुद्ध भएको छ। काठमाडौँबाट जहाज उड्न नसकेपछि पोखराबाट हुने उडान पनि बन्द हुन् पुगेको छन।

पोखराको मौसम समेत राम्रो नभएपनि पोखरा बिमानस्थलमा जहाज उडान अवतरणको लागि पुग्ने भिजिबिलिटी छ टर काठमाडौँको मौसमका कारण पोखराबाट समेत बिमान उडान हुन् नपाएको यति एअरका पोखरा विमानस्थल प्रमुख रामु लामिछानेले गुरुकुल खबरलाई जानकारी दिए।  उनका अनुसार पोखराबाट यति एअरका दैनिक करिब ९ वटा उडान हुने गरेको छन ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक करिब २५ उडान हुने गरेकोमा यति एअरको करिब ९ वटा, बुद्ध एअरका करीब १३ वटा र सिम्रिक एअरका २ वटा उडान हुने गरेको बताइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमानस्थल बिहान एकछिन खुले पनि कुहिरोका कारण भिजिबिलिटी ८ सय मिटरमा झरेकाले यहाँबाट हुने राष्ट्रिय/अन्तर्राष्ट्रिय सबै हवाई उडान ठप्प भएको जानकारी दिए।  ‘अहिले यहाँबाट कुनै पनि हवाईजहाज उड्न सकेका छैनन्’, उनले नेपालखबरसँग भने, ‘हेलिकप्टरसमेत उड्न सकेको छैन।’

प्राधिकरणका सूचना अधिकारी भुलका अनुसार अन्तर्राष्ट्रिय उडानका लागि कम्तीमा १६०० मिटर भिजिबिलिटी चाहिन्छ। ‘अहिले सबै फ्लाइट होल्डमा छन्’, उनले भने, ‘हेलिकप्टरलाई पनि कम्तीमा १००० मिटर भिजिबिलिटी चाहिने भएकाले उड्न सकेको छैन।’

तराईलगायत अन्य स्थानमा पनि बाक्लो हुस्सु-कुहिरो लागेकाले अहिले देशका अन्य विमानस्थलमा पनि उडान हुन नसकेको जानकारी उनले दिए। ‘त्यसो त काठमाडौँबाटै उडान हुन नसकेपछि अन्य विमानस्थल खुले पनि खासै अर्थ हुँदैन’ , सूचना अधिकारी भुलले भने।

१५ माघ २०८२, बिहीबार १०:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा