Play

वैदेशिक रोजगार संरक्षण संघको साधारण सभा, बैदेशिक रोजगार ब्यबसाय मर्यादित बनाउन जोड

गुरुकुल खबर


पोखरा, वैदेशिक रोजगार संरक्षण संघ, गण्डकी प्रदेशकोे १२औँ साधारण सभासम्पन्न भएको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको हक–हित, संरक्षण तथा सुरक्षित वैदेशिक रोजगारीको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा श्रम रोजगार कार्यालय कास्कीका अधिकृत प्रदिप ढकालले वैदेशिक रोजगारीका क्रममा श्रमिकहरूले भोग्दै आएका समस्या, ठगी तथा जोखिम न्यूनीकरणमा संघले खेलेको भूमिकाको प्रशंसा गरे ।

उनले आगामी दिनमा सरकार, सरोकारवाला निकाय र संघबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने धारणा व्यक्त गर्दै सुरक्षित, मर्यादित तथा कानुनी वैदेशिक रोजगारीलाई संस्थागत रूपमा अगाडि बढाउन यस्ता कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण रहेको बताए ।

कार्यक्रमका वक्ताहरुले संघको स्थापना कालदेखि हालसम्म श्रमिकहरूको पक्षमा गरिएका पहल, उद्धार, परामर्श तथा सचेतनामूलक गतिविधिहरूको चर्चा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संघका अध्यक्ष सुजन श्रेष्ठले व्यवसायीहरूबीचको सहकार्यलाई अझ मजबुत बनाउँदै संस्थालाई थप सशक्त बनाउनु पर्नेमा जोड दिनुहुँदै वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र जिम्मेवार बनाउन सबै व्यवसायीलाई आग्रह गरे ।

संघको दीर्घकालीन उद्देश्यलाई सुदृढ बनाउने लक्ष्यसहित “अक्षय कोष” स्थापना गरिएको छ। उक्त अक्षय कोषमार्फत भविष्यमा वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका श्रमिक तथा उनका परिवारलाई राहत, सहयोग र पुनःस्थापनासम्बन्धी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष रविराज घिमिरे तथा महासचिव धिराजद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको थियो भने स्वागत मन्तव्य सचिव लक्ष्मण पराजुलीले राखेका थिए।

११ माघ २०८२, आईतवार १९:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा