Play

पोखरा -३३ स्थित कालिका माविको वार्षिकोत्सव, बिभिन्न समान र पुरस्कार प्रदान

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नम्बर ३३, आँपभुन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव तथा अभिवभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद भीम कार्कीले सामुदायिक विद्यालयको विकासका लागि सबै लाग्नुपर्नेमा जोड दिए । कालिकाले शैक्षिक क्षेत्रमा गरेको उन्नतिको प्रशंसा गर्दै कार्कीले आफ्नो तर्फबाट विद्यालयका लागि आवश्यक सहयोग गर्न आफू सधैँ तयार रहने प्रतिबद्धता जनाए ।

विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई प्रविधिमैत्री बनाउने प्रयासमा लागिरहेको जानकारी दिए । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गङ्गाबहादुर पुन, शिक्षक अभिभावक सङ्घका निवर्तमान अध्यक्ष लालकाजी गुरुङ र शिक्षक गङ्गाराम विश्वकर्मालाई ‘कालिका वर्ष सम्मान २०८२’ प्रदान गरिएको थियो । त्यसै गरी विद्यालयमा अक्षयकोष खडा गर्ने १४ जना अक्षयकोषदाताहरू, एसइई २०८१ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरू र विद्यालयलाई सहयोग गर्ने १४ जना पूर्वविद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो ।

शिक्षक अभिभावक सङ्घका अध्यक्ष डिबी विश्वकर्माको स्वागतमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष गङ्गाबहादुर पुन, अक्षयकोषका संस्थापक दिनेश आचार्य, शिशुकल्याण माविका प्रधानाध्यापक सुदन पौडेल, सामाजिक परीक्षण समितिका सदस्य महेन्द्रकुमार श्रेष्ठ, विद्यार्थी कृतिका केसीलगायतले शुभकामना दिएका थिए ।

उक्त अबसरमा अतिरिक्त क्रियाकलाप र शैक्षिक सत्र २०८१ का उत्कृष्ट विद्यार्थीहरूलाई पूर्वअध्यक्ष सोमबहादुर गुरुङ, गङ्गाबहादुर गुरुङ, दुर्गाबहादुर गुरुङ, हिरामान श्रेष्ठ, पूर्वप्रधानाध्यापक प्रेमप्रसाद पोखरेल, विद्यालय व्यवस्थापन समितिकी सदस्य ज्योति गुरुङ, खिमबहादुर खत्री, शिक्षक अभिभावक सङ्घका सदस्य कृष्णकुमार श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए । विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक बालकुमारी थापा मगर, शिक्षक विश्वराज बास्तोला र यज्ञबहादुर बानियाले गरेका थिए ।

८ माघ २०८२, बिहीबार २०:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा