पोखरा, पोखराको जनप्रिय बहुमुखी क्याम्पस र बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले प्राज्ञिक बिषयको आदानप्रदान र संस्थागत विकासका लागि सहकार्य गर्ने भएका छन यस सम्बन्धि समझदारी पत्रमा जनप्रिय बहुमुखी क्याम्पसको तर्फबाट संचालक समितिका अध्यक्ष राजेन्द्र पहारी र क्याम्पस प्रमुख कृष्णबाबू बराल तथा लुम्बिनी वाणिज्य क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले हस्ताक्षर गरेका छन्।
समझदारी पत्रमा शिक्षक र विद्यार्थीहरू बीच ज्ञान र शोध कार्यमा सहकार्य गर्ने, सयुक्त रूपमा अनुसन्धान परियोजनाहरू सञ्चालन गर्ने, कार्यशाला आयोजना गर्ने, दुवै संस्थाका उत्कृष्ट अभ्यासहरू लाई एक-अर्कामा लागू गर्ने, समुदाय केन्द्रित र शैक्षिक कार्यक्रमहरू सञ्चालनमा जोड दिने कुराहरु राखिएको छ।
दुवै क्याम्पसका प्रतिनिधिहरुबीच क्याम्पसको गुणस्तर सुनिश्चितता तथा प्रत्यायनको ‘तेस्रो साइकल’ को तयारी र आगामी कार्यदिशाबारेमा छलफल समेत भएको थियो। कार्यक्रममा जनप्रिय क्याम्पसको तर्फबाट अध्यक्ष पहारी, क्याम्पस प्रमुख बरालले उच्च शिक्षाका बारेमा आआफ्नो भनाई राखेका थिए।

त्यस अबसरमा जनाप्रियका उपाध्यक्ष नम्रता बराल, बेदहरी तिमिल्सिना, दीपेन्द्र पहारी, गिरिराज चालिसे, उपेन्द्र चौधरी, गाणेश चालिसे, शिलु चालिसे, दिब्या लक्ष्मी चालिसे र यमकुमार बराल लगायतले क्याम्पसका विभिन्न विभाग र शैक्षिक तथा प्रशासनिक संयन्त्रको अवलोकन गर्दै आफ्ना अनुभवहरू साटासाट गरेको भ्रमण टोलीका सदस्य एबम बिधार्थी हित शाखा प्रमुख बेदहरी तिमिल्सिनाले गुरुकुल खबरलाई जानकारी दिए।
लुम्बिनी क्याम्पस का प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले भएको कार्यक्रममा वर्षभरि ८४ वटा परीक्षा सञ्चालन गरेको र हाल प्राध्यापकहरू लाई अन्तर्राष्ट्रियस्तरका जर्नलहरूमा लेख प्रकाशन गर्न प्रोत्साहित गरिरहेको जानकारी गराए।
अन्तर्क्रियामा सहभागी वक्ताहरूले यस किसिमको सहकार्यले नेपालको उच्च शिक्षामा सामुदायिक क्याम्पसहरूको भूमिकालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै विद्यार्थी मैत्री कक्षाकोठा, मनो-काउन्सिलिङ युनिटको गठन र ५ वर्षे रणनीतिक योजनामार्फत शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने लक्ष्य समेत राख्नुपर्ने कुरामा जोड दिईएको थियो।















