Play

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि जनप्रिय बहुमुखी क्याम्पसको टोलि तनहुँ र हेटौंडामा

गुरुकुल खबर


पोखरा, शैक्षिक गुणस्तर सुनिश्चितताको तेस्रो चरणको तयारीमा रहेको पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसको एक प्रतिनिधिमण्डलले तनहुँ र हेटौंडाका विभिन्न क्याम्पसहरूको स्थलगत भ्रमण गरि आपसी सहकार्यका साथै अध्ययन र अनुगमन गरेको छ । माघ ६ गते मंगलवारबाट शुरु गरिएको भ्रमणका क्रममा तनहुँको आदिकवि भानुभक्त क्याम्पस, चितवनको बालकुमारी कलेज र मकवानपुर बहुमुखी क्याम्पससँग महत्वपूर्ण शैक्षिक साझेदारी र अनुभव आदानप्रदान गरेको जनप्रिय बहुमुखी क्याम्पस पोखराको बिधार्थी हित शाखा प्रमुख बेदहरी तिमिल्सिनाले गुरुकुल खबरलाई जानकारी दिए।

भ्रमणको पहिलो चरणमा जनप्रिय र दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसबीच आपसी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। आदिकवि क्याम्पसका अध्यक्ष केशबहादुर सुनारको सभापतित्वमा आयोजित कार्यक्रममा जनप्रियका क्याम्पस संचालक समितिका अध्यक्ष राजेन्द्र पहारी, क्याम्पस प्रमुख कृष्णबाबू बराल र आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले शैक्षिक विकासका विविध आयामबारे जानकारी गराउंदै दुवै संस्थाले आपसी सिकाइ र गुणस्तर वृद्धिका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धतासहित मायाको चिनो आदानप्रदान गरेका थिए।

भ्रमणको दोस्रो चरणमा जनप्रिय क्याम्पसको टोलीले चितवनको बालकुमारी कलेजको भ्रमण गरी क्युएएको तेस्रो चक्रका लागि आवश्यक तयारीबारे जानकारी लिएको थियो । कलेजका प्रमुख कुलचन्द्र पण्डित र प्राध्यापक श्याम सेढाईले अनुसन्धान, जर्नलमा प्रकाशन, डिजिटलाइजेसन र ऊर्जा बचत जस्ता विषय अबको प्राथमिकता हुनुपर्नेमा जोड दिएका थिए। उक्त अवसरमा जनप्रियका अध्यक्ष राजेन्द्र पहारीले संस्थाको मुख्य लक्ष्य तेस्रो साइकल पूरा गर्नु रहेको र भत्ता नलिई काम गर्ने परिपाटी जस्ता सबल पक्षलाई निरन्तरता दिइने बताए।

भ्रमणको अन्तिम चरणमा जनाप्रियाको टोलीले हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पसको अवलोकन गरेको थियो। कार्यवाहक अध्यक्ष अशोकराज शाक्यको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पस प्रमुख डा. यम सिलवालले जनप्रियको टोलीलाई स्वागत गरेका थिए। दुवै क्याम्पसको प्रकृति र समस्याहरू समान रहेको उल्लेख गर्दै जनप्रियका प्रमुख कृष्णबाबू बरालले प्राध्यापक व्यवस्थापन र विश्वविद्यालय अनुदान आयोगका नयाँ मापदण्डबारे जिज्ञासा राखेका थिए।

भ्रमण टोलिमा जनप्रिय बहुमुखी क्याम्पसका अध्यक्ष राजेन्द्र पहारी, उपाध्यक्ष नम्रता बराल, र क्याम्पस प्रमुख कृष्ण बाबू बराल सहित सदस्यहरू गिरिराज चालिसे, इ. शारदा मोहन काफ्ले, पुष्पराज सिग्देल, राधिका रेग्मी सिग्देल, बेदहरी तिमिल्सिना, शिलु चालिसे, दिब्यालक्ष्मी चालिसे, र गणेश चालिसे सहभागी थिए। यसैगरी चेत बहादुर पोख्रेल, दिपेन्द्र पहारी, ऋषिराम ढकाल, लक्ष्मी कुवर, प्रतिमा गिरि, उपेन्द्र चौधरी, यम कुमार बराल, शैलेन्द्र अधिकारी, र देबि पनेरुको पनि टोलीमा सहभागी रहेको बुझिएको छ।

७ माघ २०८२, बुधबार १८:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा