Play

पुर्व प्रधानमन्त्री देउवा र पुर्व उपप्रधानमन्त्री खडका सहित कांग्रेसका धेरै नेताहरु चुनाबबाट बाहिरिंदै

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको १४ औं महाधिबेशनबाट निर्बाचित उपसभापति पूर्णबहादुर खड्काले आसन्न चुनाबमा उम्मेदवार नहुने घोषणा गरेका छन् । कांग्रेस नेता खड्का जस्तै पार्टीमा हेभी वेट भनेर चिनिएका अन्य कतिपय नेताहरुले पनि चुनाब नलड्ने घोषणा गरेका छन कतिपय नेताहरुले चुनाब लड्ने चाहना राखेको भएपनि बुशेष महाधिबेशनबाट निर्बाचित गगन थापा नेतृत्वको समितिले टिकट नदिएपछि उनीहरुको चुनाब लड्ने चाहना समेत रोकिएको छ।

पार्टीका नेता एबम पूर्व उपप्रधानमन्त्री समेत रहेका पूर्णबहादुर खड्काले पार्टीको हालै सम्पन्न विशेष महाधिवेशन र त्यसपछि विकसित घटनाक्रमलाई अवैधानिक ठहर गर्दै नैतिकताको आधारमा चुनाव नलड्ने निर्णय लिएका हुन् । निर्वाचन आयोगले माघ २ गते पार्टीको सम्बन्धमा गरेको निर्णय संविधान, राजनीतिक दल सम्बन्धी ऐन र कांग्रेसको विधान विपरीत रहेको भन्दै उनले माघ ४ गते सर्वोच्च अदालतमा मुद्दासमेत दर्ता गरेकोमा आज मंगलवार उनको मुद्धाको पेशी तोकिएको छ ।

आफू चुनावी मैदानमा नभए पनि रुख चिह्न लिएर आउने पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन कांग्रेस नेता खड्काले अपिल गरेका छन् । पार्टीका सबै साथीहरूलाई एकजुट भएर निर्वाचन अभियानमा लाग्न र कांग्रेसका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन उनले मतदातालाई अनुरोध गर्दै उनले व्यक्तिगत असहमति र कानुनी लडाइँ जारी रहे पनि पार्टीको संगठन र चुनाव चिह्नप्रतिको निष्ठा कायम राख्न भने कार्यकर्तालाई आग्रह गरेका छन् ।

कांग्रेस नेता खड्काले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अवैधानिक विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने दाबी गरेका छन् । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सोही समितिको निर्णय र हस्ताक्षरबाट जारी गरिने टिकट लिएर उम्मेदवार बन्नु आफ्नो राजनीतिक मूल्य मान्यता र नैतिकताको विरुद्ध हुने उनको भनाइ छ । ‘निजहरूको निर्णय र हस्ताक्षरबाट जारी गरिने टिकटबाट उम्मेदवार हुनु मेरो जीवनभरिको राजनीतिक मूल्य मान्यता र नैतिकताको अडानको प्रतिकूल हुन्छ,’ उनले भनेका छन् ।

पार्टीका साथीहरू र आम मतदाताको माया, भरोसा र विश्वास हुँदाहुँदै पनि सिद्धान्तको रक्षाका लागि आफू पछि हटेको खड्काले स्पष्ट पारेका छन् । आफ्नो यो निर्णयले शुभेच्छुक र मतदातामा पर्न सक्ने चोटप्रति उनले क्षमायाचना गरेका छन् । राजनीतिमा पदभन्दा मूल्य मान्यता ठूलो हुने अडान उनले राखेका छन् ।

यस अगाडी १४ औं महाधिबेशनबाट सभापतिमा निर्बाचित शेरबहादुर देउवाले पनि सोमबार साँझ चुनाब नलड्ने घोषणा गरेका थिए ।उनको सचिबालयको तर्फबाट भानु देउवाले सामाजिक संजालमा नेता देउवाले चुनाब नलड्ने जानकारी सार्बजनिक गरेका थिए। देउवाको क्षेत्रमा कांग्रेसले सोमबार साँझसम्म पनि कुनै निर्णय नगरी टिकट होल्डमा राखिएको भन्ने समाचार सार्बजनिक गरेपछि देउवाले चुनाब नलड्ने कुरा सार्बजनिक गरेका हुन।

यसै गरि कांग्रेस नेतृ समेत रहेकी पुर्व परराष्ट्र मन्त्री आरजु राणा देउवालाई पनि बिशेष महाधिबेशनबाट निर्बाचित नयाँ कार्यसमितिले चुनाब लड्नको लागि टिकट दिएन। पार्टीले टिकट नदिएर चुनाब लड्न नपाएकाहरुमा कांग्रेस नेता एबम पुर्व गृहमन्त्री रमेश लेखक,कांग्रेस नेता बिजयकुमार गच्छदार लगायतले पनि चुनाब लड्न टिकट पाएनन।

कांग्रसका कतिपय अन्य नेताहरु पनि चुनाब बाट बाहिरिएका छन कतिपय स्वेच्छाले त कतिपय बाध्यताले चुनाब लड्नबाट बाहिरिनुपरेको बताइएको छ। चुनाबबाट बाहिरिने अन्यमा बलबहादुर केसी, विश्वप्रकाश शर्मा, डा. नारायण खड्का, राजनजंग केसी, बद्रि पाण्डे, गोपालमान श्रेष्ठ, राजु थापा, धनराज गुरुङ, ध्रुव वाग्ले, प्रकाशमान सिंह, भीमसेनदास प्रधान, जिपछिरिंग लामा, दिलेन्द्र प्रसाद बडू, शिब हुमागाईं सहित अन्य नेताहरु पनि रहेका छन।

 

६ माघ २०८२, मंगलवार १२:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा