पोखरा, नेपाली कांग्रेसको १४ औं महाधिबेशनबाट निर्बाचित सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न प्रतिनिधिसभाको निर्बाचनमा उमेदवार नबन्ने भएका छन । पुर्व प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले ‘ पुर्व प्रधानमन्त्री देउवाले यस पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको’ सार्बजनिक गरेका छन ।
यस अगाडिका सातवटा संसदीय निर्बाचनमा उमेदवार बनेर सबै निर्बाचन जितेका देउवालाई कांग्रेसको बिशेष महाधिबेशनबाट निर्बाचित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले देउवालाई आन्तरिक एबम सार्बजनिक रुपमा आसन्न निर्बाचनमा उमेद्वार नबन्न भन्दै आएका थिए ।
बिशेष महाधिबेशनसंगै पार्टीमा उत्पन्न आन्तरिक बिबाद उत्पन्न भएपछि कांग्रेसका माथिल्लो तहका केहि नेताहरुले आसन्न चुनाब नलड्ने घोषणा गरिरहेको बेला देउवाले पनि चुनाब नलड्ने कुरा सार्बजनिक भएको छ।
यस अगाडी कांग्रेस नेता पूर्णबहादुर खड्का, हृदयराम थानी, बलबहादुर केसी, रामनाथ अधिकारी, विश्वप्रकाश शर्मा, राजेन्द्र बजगाईं लगायतका नेताहरुले आसन्न निर्बाचनमा उमेदवार नबन्ने कुरा सार्बजनिक गरिसकेका छन । देउवाकी धर्मपत्नी एबम पुर्व परराष्ट्रमन्त्री आरजु देउवालाई भने पार्टीले टिकट नदिएको बुझिएको छ ।
कांग्रेस सभापति थापाले नेता देउवा र खड्काको उमेदवारीको सम्बन्धमा कुनै निर्णय नगरी होल्ड गरेको भन्ने समाचार सार्बजनिक गरेको केहि समय पछि देउवा उमेद्वार नबन्ने कुरा सार्बजनिक भएको हो। कांग्रेसका नेताहरुमध्ये देउवामात्र यस्तो नेता हुन् जसले प्रजातन्त्र पुनर्स्थापना पछिका सबै निर्बाचनमा उमेदवार बनेर सबै चुनाब जित्दै आएका छन ।
डडेलधुरा जिल्लाबाट निर्वाचन लड्दै आएका देउवाले यसपटक पनि चुनाब जित्ने अनुमान गरिएको थियो । कांग्रेसमा प्रभावशाली नेताको रुपमा चिनिएका कतिपय नेताहरु स्वेच्छाले तथा पार्टीको बिशेष महाधिबेशनका कारण उत्पन्न आन्तरिक मतभेदका कारण चुनाब नलड्ने घोषणा गर्दा त्यसको नकारात्मक प्रभाव मतदातामा पर्ने अनुमान समेत कतिपयले गरेका छन ।















