Play

निर्बाचन आयोगको निर्णयको बिरोधमा कांग्रेसको देउवा समूह: भोलि नै अदालत जाने, तत्काल कार्यालय नछाड्ने

गुरुकुल खबर


काठमाडौँ,  नेपाली कांग्रेसको १४ औं महाधिबेशनबाट निर्बाचित शेरबहादुर देउवा नेतृत्वको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्दै तत्काल कानुनी उपचार खोज्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको बैठकले निर्बाचन आयोगले माघ २ गते शुक्रबार गरेको निर्णय नेपालको संविधान, प्रचलित कानुन र पार्टीको विधान विपरीत रहेको ठहर गर्दै त्यस निर्णयका बिरुद्ध अदालत जाने निर्णय गरेको छ।

शुक्रबार निर्बाचन आयोगले नेपाली काँग्रेसको बिशेष महाधिबेशनबाट निर्बाचित गगनकुमार थापाको नेतृत्वमा बनेको केन्द्रीय समितिलाई आधिकारिकको मान्यता दिएपछि पूर्णबहादुर खड्का कार्यबाहक सभापति रहेको नेपाली काँग्रेसले  आयोगको निर्णय नेपालको संविधान, प्रचलित कानुन र पार्टीको विधान विपरीत रहेको जनाउंदै शुक्रबार अबेरसम्म आयोगको कार्यालय अगाडी नाराबाजी र प्रदर्शन गरेको थियो। शुक्रबार बेलुका नै खडकाको निर्देशन अनुसार केन्द्रिय समितिको बैठक शनिबार बिहान ८ बजे सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने गरि सूचना जारी गरिएको थियो ।

सानेपा बैठकका निर्णयबारे जानकारी दिँदै कांग्रेस नेता एबम उक्त समितिका प्रबक्ता डा. प्रकाशशरण महतले आयोगको निर्णयलाई ‘दुराशयपूर्ण’ र ‘दूषित मनसाय’ बाट प्रेरित रहेको टिप्पणी गरे। उनले भने, ‘देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टीको विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी गम्भीर क्षति पुर्‍याउने मनसाय स्पष्ट देखिन्छ। यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो।’

बैठकले आयोगको निर्णयविरुद्ध संवैधानिक तथा कानुनी उपचार खोज्ने निर्णय गरेको महतले बताए । उनले भने, ‘हामी भोलि नै यसको खिलाफमा सर्वोच्च अदालत जाँदैछौं। हामीलाई विश्वास छ, सर्वोच्च अदालतबाट न्याय मिल्नेछ।’  महतले निर्वाचन आयोगले अर्को पक्षले गरेको विशेष महाधिवेशनको वैधानिकता र उपस्थित सङ्ख्या समेत जाँच नगरी एकतर्फी निर्णय गरेको आरोप लगाए । ‘हामीलाई बोलाउँदा पनि नबोलाई, हाम्रो पक्षलाई सुन्ने औपचारिकता समेत पूरा नगरी एकतर्फी रूपमा निर्णय गरियो,’ उनले भने ।

सञ्चारकर्मीहरूको जिज्ञासामा महतले शेरबहादुर देउवा नेतृत्वको समिति नै आधिकारिक रहेको र सानेपा छोड्ने प्रश्नै नउठ्ने बताए। उनले भने, ‘अहिले शेरबहादुरजीको सभापतित्वमा पूर्णबहादुरजी कार्यवाहक सभापति हुनुहुन्छ। यो नै आधिकारिक पार्टी हो। निर्वाचन आयोगले निर्णय गर्दैमा हामी आधिकारिक नरहने कुरा हुँदैन।’ देउवा पक्षले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि सशक्त प्रतिवाद गर्ने जनाएको छ। कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा  शनिबार सम्पन्न बैठकमा नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाको भने उपस्थिति नरहेको बताइएको छ।

३ माघ २०८२, शनिबार १३:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा