पोखरा, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका-१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माविमा शैक्षिक अक्षयकोष स्थापना गरेका छन्। विद्यालयको ७९ औं बार्षिकोत्सव एवं अभिभावक दिवस समारोह मनाउन आयोजित समारोहमा मेयर आचार्यले १ लाख ११ हजार १ सय ११ रूपैयाँको अक्षयकोष स्थापना गर्ने जानकारी दिए। आफ्ना बुबा र भाइ शिवराजले अध्ययन गरेको र उनीहरूको सम्मान स्वरुप अक्षयकोष स्थापना गरेको मेयर आचार्यले बताए। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर आचार्यले सबै पक्षको सहकार्यबाट मात्र सामुदायिक विद्यालयलाई अब्बल बनाउन सकिने उदाहरण विद्यालयले पुष्टि गरेको बताए। उनले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको बताउँदै, कमजोर विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सघाउन महानगर तयार रहेको स्पष्ट पारे।
राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख भाष्करराज पन्तले शिक्षक, अभिभावक र विद्यालय प्रशासनको समन्वयबाट मात्र सफलता प्राप्त गर्न सकिने बताए। कार्यक्रममा विद्यालयमा महत्वपुर्ण मानिएको अध्यक्ष अवार्ड प्रधानाध्यापक कृष्णप्रसाद आचार्यलाई प्रदान गरिएको छ। बिधालय व्यवस्थापन समितिको समन्वयमा अध्यक्षले चयन गर्ने सो अवार्डर सम्मानपत्र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहित प्रदेश परीक्षा व्यवस्थापन कार्यालय प्रमुख भास्कर दत्त पन्त, वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना, पुष्पेन्द्र पाण्डे, शिक्षा अधिकृत जीवन प्रसाद रेग्मीले हस्तान्तरण गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाले सो सर्वोत्कृष्ट अवार्डको घोषणा गरेका थिए ।
सम्मानित प्राप्त गरेपछि बोल्दै प्रधानाध्यापक आचार्यले आँफुले प्आराप्फ्नोत गरेको सम्मान विद्यालयको समग्र शैक्षिक तथा भोतिक विकासमा अहोरात्र खट्टिने शिक्षक कर्मचारी प्रतिको सम्मान भएको बताए। एक वर्ष निजामती कर्मचारी, ३ वर्ष संस्थागत विद्यालयको शिक्षण अनुभव संगालेका आचार्यले २०५२ सालमा जनचेतन मावि निर्मल पोखरीमा स्थायी नियुक्त भई २०६० सालमा सरुवा भएर उक्त बिधालयमा पुगेका हुन पछिल्लो एक दशकदेखि उनि प्रअको रुपमा कार्यरत छन। प्रधानाध्यापक आचार्यकै कार्यकालमा राष्ट्रिय पहिचान बनाउन सफल विद्यालयमा पछिल्लो ३ वर्षमा देशभरका ८ सय ७५ विद्यालयका प्रअ, शिक्षक, विव्यस सहितको टीम र शिक्षा प्रमुख ,नगर प्रमुख सहित उल्लेख जनप्रतिनिधिले विद्यालयको असल अभ्यास अवलोकन समेत गरिसकेका छन् ।

कार्यक्रममा विद्यालयले आधारभुत तहमा प्रथम हुन सफल विषयगत शिक्षक, माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा प्राप्त विषयगत शिक्षक, कक्षा १२ मा सतप्रतिशत उतीर्ण शिक्षकलाई पनि सम्मान गरिएको थियो। २५ बर्षको दीर्घ सेवा सम्मानबाट कमलाकुमारी पौडेल,१५ वर्ष सेवा सम्मानबाट सिर्जना शर्मा सिग्देल, १० वर्ष सेवा सम्मानबाट यमकुमारी पौडेल,प्रतिभा राना र संगीत गायक, उत्कृष्ट तहगत शिक्षक सम्मानबाट मीना शाही, जमुना बस्नेत,लक्ष्मी गुरुङ, मान बहादुर केसी, कृष्ण प्रसाद पौडेल, कर्मचारी तर्फ सुकमाया सापकोटा, राजु सार्की सम्मानित भए।
तहगत इन्चार्जमा आधारभुत तह इन्चार्ज महेन्द्र प्रसाद पौडेल, उत्कृष्ट अभिभावक मनहरी आचार्य, सृष्टि सुवेदी सहित ४ जना, उत्कृष्ट मनिटर निरन्जन देवकोटा, सह मनिटर स्मृति विक पनि सम्मानित भएको विद्यालयले जनाएको छ। उत्कृष्ट बर्ष विद्यार्थीबाट पुर्णिमा भट्टराई सम्मनित भईन् । एस इ इ २०८१ मा चार जिपिए ल्याएका विद्यार्थी सहज घिमिरेलाई नगद ५० हजार र कक्षा ८ को परीक्षामा ४ जिपिए ल्याउने अनुज आचार्यलाई नगद १० हजार सहित सम्मान गरिएको छ ।विज्ञान शिक्षक गोविन्द शर्मा पौडेललाई दुर्गा केसी अक्षयकोष पुरस्कार र तोयनाथ श्याम तारा अक्षयकोषको वर्ष शिक्षक पुस्कार शिवप्रसाद सापकोटा र संगिता शर्मालाई प्रदान गरियो ।
सोही अवसरमा आफ्ना छोराछोरीलाई आफु कार्यरत विद्यालयमा अध्ययन गराउने कर्मचारी अनिता बराल पौडेल, भीम गायक, धनमाया परियार लगायतलाई पनि सम्मान गरिएको छ।पुस्तकालयमा किताब उपहार दिने अभियानको शरुवात गरेकी विद्यार्थी कृतिका अधिकारी पनि सम्मानित भईन् ।सो अभियानबाट शिक्षक कर्मचारी मार्फत हाल ९५ थान पुस्तक संकलन भएको छ ।पठन पुरस्कार शिक्षक महेन्द्रमणि पौडेल र विद्यार्थीहरु सुस्मिता आचार्य, समिप गिरी प्रदान गरियो । उनीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख आचार्य लगायतका अतिथिहरुले सम्मान गरेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, सल्लाहकार वेनीबहादुर बस्नेत, शिक्षक अभिभावक संघका अध्यक्ष भीम प्रसाद पौडेल, वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, विद्यार्थी प्राप्ति आचार्य, अस्मिता क्षेत्री लगायतले बोलेका थिए।सो अवसरमा विभिन्न अक्षयकोषबाट प्राप्त छात्रवृत्ति वितरण पनि गरिएको छ।त्यस अवसरमा अक्षयकोषदातालाई पनि सम्मान गरिएको थियो।प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले बार्षिक प्रतिवेदन पेश गरेको कार्यक्रमको सञ्चालन शिक्षक महेन्द्रमणि पौडेलले गरेका थिए।















