Play

नेपाल–भारत मैत्री संघ कास्कीको अध्यक्षमा श्रेष्ठ, दुई देशको सम्बन्ध सुदृढ पार्न संस्थागत प्रयास आवश्यक

गुरुकुल खबर


पोखरा, नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यका साथ स्थापित नेपाल–भारत मैत्री संघ कास्कीको वार्षिक साधारण सभा तथा अधिवेशन पोखरामा सम्पन्न भयो। अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि संघको नयाँ कार्यसमिति पनि चयन गरेको छ।

नवगठित समितिको अध्यक्षमा किरणलाल श्रेष्ठ रहेका छन। उनि यस अगाडिको समितिमा उपाध्यक्ष रहेका थिए । पोखरामा लामो समयदेखि ब्यबसायिक क्षेत्रमा संलग्न श्रेष्ठ बिभिन्न सामाजिक र  संस्थागत क्षेत्रमा पनि सक्रिय छन ।

कार्यसमितिको उपाध्यक्षमा मदन शर्मा, सचिवमा मिनु श्रेष्ठ कुँवर, कोषाध्यक्षमा उदिपकुमार श्रेष्ठ तथा सह–सचिवमा गणेशकुमार श्रेष्ठलाई चयन गरिएको छ। समितिका सदस्यहरुमा देवेन सेन प्रजुको साथै भारतीय पेन्सन क्याम्पका प्रतिनिधि समेत रहेका छन।

साधारणसभा एबम अधिबेशनको उद्घाटन गर्दै भारतीय पेन्सन क्याम्प, पोखराका प्रमुख कर्णेल प्रशान्त सिंह बगेलले नेपाल–भारतबीचको सम्बन्ध केवल राजनीतिक मात्र नभएर जनस्तरमा गहिरो रूपमा गाँसिएको उल्लेख गरे।

“नेपाल–भारतबीचको मित्रता सांस्कृतिक र ऐतिहासिक रूपमा अत्यन्तै बलियो छ। यस्तो सम्बन्धलाई जीवन्त राख्न सामाजिक, खेलकुद र शैक्षिक क्षेत्रमा सहकार्य अपरिहार्य छ।” उनले मैत्री संघले सञ्चालन गरिने बिभिन्न गतिविधिमा आंफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

सोहि समारोहमा बोल्दै एसबीआई बैंक लिमिटेड, गण्डकी प्रदेशका प्रमुख तेजकुमार थापाले नेपाल–भारत मैत्री संघले दुई देशबीच कायम जनस्तरको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताउंदै संस्थागत सहकार्यले दुवै देशका नागरिकबीच विश्वास र सद्भाव बढ्ने धारणा राखे।

संघका अध्यक्ष गोपाल घ्वजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष किरणलाल श्रेष्ठ र सचिव मदन शर्मा लगायतले संस्थाका बिबिध गतिविधिको बारेमा जानकारी गराएका थिए ।

नेपाल भारत मैत्री संघले विगत वर्षमा गरेका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा सामाजिक, शैक्षिक, खेलकुद तथा सांस्कृतिक क्षेत्रलाई प्राथमिकतामा राखी बिभिन्न संघसंस्थासंगको सहकार्य विस्तार गर्ने निर्णय गरेको छ।

२६ पुष २०८२, शनिबार २२:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा