Play

रास्वपाको केन्द्रीय समितिमा काठमाडौँका मेयर बालेन शाह र पोखराका पौडेल सहित २६ जना नयाँ अनुहार

गुरुकुल खबर


पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुलमान घिसिंग र बालेन शाहसंग एकता गरेपछि पार्टीको केन्द्रीय समितिमा २६ जना नयाँ सदस्यहरू मनोनीत गरेको छ । आइतबार साँझ बसेको पार्टीको केन्द्रीय समिति बैठकले थप २६ जना केन्द्रीय सदस्य थप गर्ने कुरालाई अनुमोदन गरेको  जनाएको छ ।

थपिने सदस्यहरु बालेन शाहको तर्फबाट र कुलमान घिसिंग तर्फका रहेको बताइएको छ। यसमध्ये पोखराबाट पनि एकजना केन्द्रीय सदस्य थपिएका छन । पोखरामा लेखक एबम साहित्यकारको रुपमा परिचित गणेश पौडेललाई बालेनको समूहबाट केन्द्रीय सदस्यमा थप गरिएको छ।

पौडेल यस अगाडिको स्थानीय तहको निर्बाचनमा लौरो चुनाब चिन्ह लिएर पोखरा महानगरपालिकाको प्रमुख पदमा चुनाब लडेका थिए। उनि पोखरा महानगरपालिका -१४ का बासिन्दा हुन।

पौडेलले आँफुलाई राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरिएको पुष्टि गर्दै आगामी दिनमा पोखरा क्षेत्रबाट अन्यलाई पनि केन्द्रीय समिति सहित अन्य महत्वपूर्ण जिम्मेवारीमा लगिने गुरुकुल खबरलाई जानकारी दिए ।

नयाँ थपिएका केन्द्रीय सदस्यहरुमा बालेन शाह, सुनिल लम्साल, भूपदेव शाह, सस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारु, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, डा.नमिता यादव, सरिता ज्ञवाली, सुशान्त वैदिक, लक्ष्मी बर्देवा, शिव यादव, रोहन कार्की रहेका छन।

यसैगरी अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, जेम्स कार्की, मधुसुदन ढकाल, ओजस्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद पनि रास्वपाको केन्द्रिय सदस्यमा मनोनित भएको बताइएको छ ।

२० पुष २०८२, आईतवार २१:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा