Play

बन्द सूचीमा समाबेश गरिएको नाम दुई अबस्थामा मात्र सच्याउन सकिने निर्बाचन आयोगद्वारा स्पष्ट

गुरुकुल खबर


काठमाडौँ, आसन्न फागुन २१ का लागि हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा रहेको नाम दुईवटा अबस्थामा मात्र परिवर्तन गर्न पाइने निर्वाचन आयोगले जनाएको छ। बिभिन्न राजनीतिक दलहरुले निर्बाचन आयोगमा पुस १३ र १४ गते दलहरूले बुझाएको बन्द सूचीमा समाबेश गरिएका बिभिन्न व्यक्तिहरुको बारेमा प्रश्न उठेपछि केहि दलका नेताहरुले नामावलीमा करेक्सन गर्ने प्रतिबद्दता सार्बजनिक रुपमा गरेका छन ।

बिशेष गरि राष्ट्रिय स्वतन्त्र पार्टीमा बालेन्द्र शाह र कुलमान घिसिंगको समूह मिलेपछि उनीहरुले बन्द सूचीमा समाबेश गरेका नामका बारेमा सार्बजनिक रुपमा धेरै प्रश्न उठेका छन प्रश्न उठेपछि रास्वपाका सभापति रबि लामिछाने र कुलमान घिसिंगले नामावलीमा सुधार गरिने बताउंदै आएको छन। तर निर्वाचन आयोगले दुईवटा अबस्थामा मात्र नाम सच्याउन सकिने स्पष्ट पारेको छ ।  आयोगले निर्वाचन तयारीबारे शुक्रबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बन्दसूचीमा रहेका नाम परिवर्तन गर्न मिल्ने नमिल्नेबारे व्यापक चासो रहेको भन्दै दुई वटा अवस्थामा मात्र नाम परिवर्तन गर्न मिल्ने बताएका हुन् ।  ‘बन्दसुचि परिवर्तन हुन्छ हुँदैन, नाम फेर्न पाइन्छ पाइँदैन भन्ने कुरामा आम जिज्ञासा रहेको पाइन्छ । नाम परिवर्तन गर्न पनि पाइन्छ तर दुई वटा अवस्थामा’, प्रवक्ता भट्टराईले भने, ‘एउटा समानुपातिक प्रतिनिधित्व नमिलेको अवस्थामा समानुपातिक प्रतिनिधित्व गराउने उद्देश्यले गर्न पाइन्छ । दोस्रो कुनै उम्मेदवारले नाम फिर्ता लियो भने त्यो ठाउँमा अर्को नाम पठाउन मिल्छ ।’

पुस २८ गते सम्बन्धित उम्मेदवारले नाम फिर्ता लिन चाहनेलाई समय दिएको बताएको छ । ‘नाम फिर्ता लिएको अवस्थामा आयोगले सम्बन्धित दललाई सूचना गर्नेछ जसले त्यो ठाउँमा अर्को व्यक्ति दलले पठाउन पाउनेछन्’, भट्टराईले भने, ‘बन्दसूचीको प्रारम्भिक नामावली माघ ४ गते सार्वजनिक गर्नेछौ भने अन्तिम नामावली माघ २० गते प्रकाशित गरिनेछ ।’

१८ पुष २०८२, शुक्रबार १६:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा