लेखनाथ, पोखरा महानगरपालिका वडा नं. २६ मा रहेको लक्ष्मी माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खेम बहादुर गुरुङ चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिको बैठकले सदस्यहरु मध्येबाट गुरुङलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
अभिभावक भेला बाट गुरुड सहित सविना गौतम र डुल बहादुर पुन सदस्यमा छनौट भएका थिए । त्यसैगरी वडा शिक्षा समितिले सिता बस्ताकोटी र इश्वरी कुमारी जि.सी लाई सदस्यमा मनोनित गरेको थियो भने कर्ण बहादुर जि.सीलाई विद्यालय व्यवस्थापन समितिको बैठकले सदस्यमा मनोनित गरेको थियो ।
शिक्षक अभिभावक संघको अध्यक्षमा भने यसअघि नै मथुरा प्रसाद श्रेष्ठ निर्वाचित भएका थिए । नवगठित विद्यालय व्यवस्थापन समितिलाई बधाई दिदै, पोखरा महानगर पालिका वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले शिक्षा क्षेत्रलाई राजनिति भन्दा टाढा राख्नुपर्ने सुझाव दिए ।
राजनितिक आस्थाका कारण कतिपय विद्यालयमा व्यवस्थापन समिति गठनमा सकस हुने गरेको उल्लेख गर्दै वडाध्यक्ष थापाले विद्यालय सुधारको योजनामा कुनै पनि वाद हावी हुन नहुने स्पष्ट पारे । हामीले कुन पार्टीमाआस्था राख्ने व्यक्ति हो भनेर छनौट गर्ने हैन सक्षम मानिस लाई काम गर्ने अवसर दिने हो उनले भने आफुले राजनिति भन्दा माथि उठेर वडामा विकास निर्माण सहितका कामलाई अगाडी बढाएको उल्लेख गरे ।
लामो समय विभिन्न संघ संस्थामा आवद्धभई कार्य अनुभव गरेका गुरुडले अध्यक्षको पदभार ग्रहणगर्दै शिक्षाको गुणस्तर बृद्धिका लागि सवैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । गुरुङले बिद्यालयमा सुविधा सम्पन्न भौतिक पूर्वाधार भएपनि विद्यार्थीको संख्यामा बृद्धि नहुनु चिन्ताको बिषय रहेको बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारीले शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिका विचमा समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए ।















