Play

लेखनाथ पत्रकारिता पुरस्कारबाट कबिराज र शेर-बिष्णु पत्रकारिता पुरास्कारबाट स्मिता सम्मानित

कबि शिरोमणी लेखनाथ पौडेलको जन्मजयन्तीमा बिबिध कार्यक्रम, लेखनाथ साहित्य पुरस्कार सहित अन्य पुरस्कार र सम्मान प्रदान


गुरुकुल खबर


पोखरा, पोखराको लेखनाथ क्षेत्रमा रहेर पत्रकारिता गरिरहेका कविराज खनाललाई यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । लेखनाथ पत्रकार मञ्चले स्थापना गरेको ११ हजार १११ रुपैयाँ राशिको उक्त पुरस्कार मंगलबार आयोजित समारोहमा प्रदान गरिएको हो। यसैगरी लेखनाथ पत्रकार मंचले संचालन गर्दै आएको शेर–विष्णु पत्रकारिता पुरस्कारबाट स्मिता अधिकारी तिवारीलाई सम्मान गरिएको छ ।

कविशिरोमणि लेखनाथ पौड्यालको १४२ औं जयन्ती अवसरमा उनको जन्मस्थल अर्चलेमा आयोजित समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले पत्रकार खनाल र अधिकारीलाई पुरस्कार हस्तान्तरण गरेका थिए । पुरस्कार बापत खनाललाई ११ हजार १११ रुपैया नगद र सम्मानपत्र तथा अधिकारीलाई ५ हजार ५५५ र सम्मानपत्र रहेको छ।

लेखनाथ क्षेत्रमा रहेर कम्तीमा १० वर्ष पत्रकारिता गरेकाहरु मध्येबाट हरेक बर्ष एक जनालाई लेखनाथ पत्रकारिता पुरस्कार दिंईदै आएको छ ।पुरस्कार छनोट समितिमा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, सचिव रामशरण नेपाली, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोला, पूर्व सम्मानित पत्रकार बासुदेव पौडेल र मञ्चका संस्थापक अध्यक्ष भीमपाणि बराल थिए सदस्य रहेका थिए ।

उक्त पुरस्कार पाउने खनाल बिगत दुई दशकदेखि पत्रकारितामा संलग्न छन उनी लेखनाथ पत्रकार मंचका पूर्व अध्यक्षसमेत हुन् । उनले समाचारका माध्यमबाट लेखनाथका विकास निर्माण, साहित्यिक पर्यटन, समसामयिक घटनाक्रम, विविध पक्षका साथै सात तालको सहरका रुपमा लेखनाथ क्षेत्रलाई चिनाउँदै आएको त्यस अबसरमा जनाकारी दिईयो ।

यो पुरस्कारबाट यसअघि मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, वसन्तराज अधिकारी, वासुदेव पौडेल, परशुराम शर्मा, भीमपाणि बराल र सरिता तिम्सिना पगेनी, दीपक परियार र ऋषिकान्त पौडेल सम्मानित भइसकेका छन् ।

यसैगरि, शेर–विष्णु पत्रकारिता पुरस्कार स्मिता अधिकारी तिवारी सम्मानित भइन् । मञ्चले सञ्चालन गर्ने गरी गत वर्ष पोखरा ३० का शेरबहादुर र विष्णुमाया गुरुङबाट स्थापित सो पुरस्कार अधिकारी प्रदान गर्ने निर्णय गरेको गरे अनुरुप उनलाई सम्मान गरिएको हो ।

२०६३ सालबाट पत्रकारिता सुरु गरेकी उनले विभिन्न मिडियामा रहेर कार्य गरिसकेकी छन् भने उनले पोखरा बहुमुखी क्याम्पसमा पनि प्राध्यापन गर्दै आएकी छन । ५ हजार ५५५ रुपैया र  सम्मानपत्र रहेको उक्त पुरस्कार गत वर्ष दीपक परियारले पाएका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहित वडा न.२७ का वडाध्यक्ष पूर्णबहादुर गुरुङ, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी, सम्मानित पत्रकार कविराज खनाल र स्मिता अधिकारी तिवारी लगायत बिभिन्न संस्थाका प्रतिनिधि र पत्रकारहरुले आआफ्नो भनाई राखेका थिए ।

 १ लाख रुपैयाको लेखनाथ साहित्य पुरस्कार सहित बिभिन्न पुरस्कार र सम्मान अर्पण  

यसैबीच, सोहि समारोहसंगै कविशिरोमणि जन्मजयन्तीका त्रिदिवसीय कार्यक्रम अन्तर्गत १४२ औं लेखनाथ जयन्तीको यस बर्षको कार्यक्रम समापन भएको छ । समारोहमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सो क्षेत्र धेरै साहित्यिक स्रष्टाले जन्म लिएको क्षेत्र भएकाले साहित्यका लागि यो अत्यन्त महत्वपूर्ण क्षेत्र भएको बताए । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रख्यात भएका साहित्य क्षेत्रमा कविशिरोमणि उपाधि प्राप्त गर्ने लेखनाथ पौड्यालको जन्मथलोलाई साहित्यिक तीर्थस्थल रुपमा विकास गर्नुपर्नेमा उनको जोड थियो ।

लेखनाथ साहित्य प्रतिष्ठान अध्यक्ष पदमराज ढकालले रचना प्रस्तुत गर्दै यस क्षेत्रलाई साहित्यिक क्षेत्रको रुपमा विकास गर्न संघ सरकार र प्रदेश सरकारले अपनत्व लिएको खण्डमा राम्रो हुने विचार राखे । साविक लेखनाथ नगरपालिकाका संस्थापक मेयर शालिकराम पौडेलले मानसिक आनन्द र ज्ञान दिने साहित्य भएको बताउँदै कविको जन्मथलो बासिन्दाको रुपमा गर्व गर्न निम्ति सबैले यस क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिए ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराईले यस क्षेत्रलाई लेखनाथ साहित्यग्रामको क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा कुरामा जोड दिए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष जानुका अधिकारी, वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, सम्मानित व्यक्तित्वहरु गंगा कर्मचार्य पौडेल, नवराज अधिकारी गायक शिवहरि ढुंगाना, शोभाकर घिमिरे, सम्मानित पत्रकार कविराज खनाल, लेखनाथ पत्रकार मञ्च अध्यक्ष विष्णुहरि पौडेल, लेखनाथ पत्रकार मञ्च उपाध्यक्ष सन्दीप पौडेल, सचिव रामशरण नेपालीलगायतले बोलेका थिए ।

कविशिरोमणि लेखनाथको जन्मस्थल विकास समितिका अध्यक्ष गोपीराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले स्वागत गर्दै कविको स्मरणमा रचना प्रस्तुत गरे । उक्त अवसरमा विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा लक्ष्मी आदर्श माविका बलिसा खनाल, रिलायन्स पब्लिक स्कुलका निष्ठा भट्टराइ, जिसिएका सुरक्षा बराल र लिटल फ्लावर एकेडेमीका सुदिक्षा पौडेललाई क्रमश प्रथम, द्धितीय र तृतीय पुरस्कार प्रदान गरिएको थियो ।

सो अवसरमा १ लाख राशिको लेखनाथ साहित्य पुरस्कारबाट साहित्यकार घनश्याम कँडेललाई सम्मान गरियो । अस्वस्थता कारण उनको भने उपस्थित रहेन । कविशिरोमणिकी कान्छी छोरी कुन्तिदेवी भट्टराईका परिवारजनद्वारा स्थापित तथा प्रतिष्ठानद्वारा सञ्चालित सो पुरस्कारको राशि गत वर्ष ५० हजार थियो । यसैगरी, कुन्तिदेवी साहित्य पुरस्कार साहित्यकार गंगा कर्माचार्य पौडेललाई र लेखनाथ सांस्कृतिक पुरस्कार साहित्यकार नवराज अधिकारीलाई प्रदान गरियो । कुन्तिदेवीकै परिवारजनद्वारा २५ हजार राशिको कुन्तिदेवी साहित्य पुरस्कार स्थापना गरिएको हो ।

लेखनाथ साहित्य प्रतिष्ठान अध्यक्ष पदमराज ढकालद्वारा आफ्ना बुवा चन्द्रकान्तको स्मृतिमा स्थापित सांस्कृतिक पुरस्कारको राशि २५ हजार छ। यो पुरस्कार साबिक लेखनाथ नगरपालिकाका स्रष्टा तथा संस्थाहरुलाई प्रदान गर्ने गरिएको छ । साथै, मधुमाया ढकाल शिक्षा पुरस्कारबाट जनज्योति मावि कालिकाकी एसइई–२०८१ मा उत्कृष्ट छात्रा स्वेच्छा खड्कालाई पुरस्कृत गरिएको थियो । कुन्तिदेवी छात्रवृत्तिअन्तर्गत लेखनाथ आधारभूत विद्यालय र कविशिरोमणि लेखनाथ आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरियो।

१७ पुष २०८२, बिहीबार ११:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा