पोखरा, पोखरा महानगरपालिका -४ रामकृष्णटोल निवासी किरण कोइरालाई मातृशोक परेको छ । उनकी आमा चन्द्रकला कोइरालाको ९३ बर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
उनि केहि बर्ष यता प्यारालाइसिसका कारण पिडित रहेको भएपनि पछिल्लो समय उनको अन्य स्वास्थ्य अबस्था भने सामान्य थियो।
स्व. चन्द्रकलाका एक छोरा किरण कोइराला लामो समय निजामती सेवामा कार्यरत रहेकोमा केहि समय अगाडी सेवानिवृत्त भएका हुन् । उनि आंफ्नो निजामती सेवाको उत्तरार्धमा पोखरा महानगरपालिकामा प्रशासीय अधिकृतको रुपमा कार्यरत थिए ।
स्व. चन्द्रकलाका दुई छोरीहरु पार्वती र सरस्वती रहेको कोइराला परिवारकी सदस्य सिमा कोइरालाले गुरुकुल खबरलाई जानकारी दिईन ।















