पोखरा, आसन्न प्रतिनिधि सभा निर्बाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नेपाली काँग्रेसले समेटेका १ सय १० जना उम्मेदवारको सूची सार्बजनिक भएको छ । निर्वाचन आयोगले आयोगमा दर्ता भएका दलहरूलाई समानुपातिक तर्फको बन्दसूची बुझाउने समय पुस १३ र १४ गतेको लागि दिएको भएपनि नेपाली कांग्रेसले १४ गतेको मितिमा भौचर काटेर १५ गते बिहान १० बजेमात्रै सुची बुझाएको हो।
नेपाली काँग्रेसभित्र आन्तरिक द्वन्द र लामो रस्साकस्सीपछि टुंगिएको सूचीमा कांग्रेसका १४ जना केन्द्रीय पदाधिकारीमध्ये एक सहमहामन्त्रीलाई मात्रै बन्दसूचीमा समाबेश गरिएको छ । सहमहामन्त्री भीष्मराज आङ्देम्बे आदिवासी जनजातितर्फको पहिलो नम्बरमा सूचीमा समाबेश भएका छन् ।उक्त बन्द सूचीमा कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेललाई पनि राखिएको छ।
सूचीमा नेपाली काँग्रेसका ११ केन्द्रीय सदस्यहरु समेटिएकोमा केन्द्रीय सदस्यमा अर्जुननरसिंह केसी, विद्यादेवी तिमिल्सिना, मानबहादुर नेपाली, गंगा शाही, डा. चन्द्रमोहन यादव, हरिशरण नेपाली, सिता थपलिया (उर्मिला), सितादेवी देवकोटा, रुक्मिणी कोइराला, सुशीला ढकाल आचार्य र गोमाकुमारी भट्टराई रहेको बुझिएको छ।
यसैबीच, नेपाली काँग्रेसको बन्द सुचीमा नेता अर्जुननरसिंह केसीको समेत नाम रहेको बिषयलाई लिएर कतिपयले कांग्रेस महामन्त्री गगन थापाको समेत आलोचना गरेको छन। नेता केसी महामन्त्री थापाको ससुरा भएको कारण थापाले नै उनको नाम बन्द सूचीमा पारेको भन्दै आलोचना शुरु गरिएपछि महामन्त्री थापाले आफ्नो चाहना विपरीत केसीलाई प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूचीमा राखिएको स्पष्ट पारेका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै थापाले भनेका छन ‘नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ। म स्पष्ट पार्न चाहन्छु,यो मेरो चाहना विपरीत हो। मेरो अनुरोध र हर सम्भव प्रयास विपरीतको निर्णय हो ।’
महामन्त्री थापाले मेरो र केसीका आ–आफ्ना राजनीतिक दृष्टिकोण र निर्णयहरू भएको यस्ता दृष्टिकोण र निर्णय कहिले मिल्ने र कहिले बाझिने स्पष्ट पारेका छन । ‘जसरी कुनै बेला हाम्रो राजनीतिक दृष्टिकोण र प्राथमिकता मिलेन र एक अर्कासँग पार्टीको महामन्त्री पदका लागि फरक एजेन्डा र सङ्कल्पसहित चुनाव लड्यौँ ।’
कांग्रेस महामन्त्री थापाको स्टेटस यस्तो छ ..

नेपाली काँग्रेसले निर्वाचन आयोगमा पेश गरेको बन्द सुचीमा समाबेश हुनेहरुको नामावली यस प्रकार रहेको छ..



















