स्याङ्जा, कामना विकास बैंक क्षेत्रिय कार्यालय पोखराले स्याङ्जाको पुतलीबजार नगरपालिका–४ रामकोषस्थित रामकोष माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्टेशनरीका सामग्री र न्यानो कपडा वितरण गरेको छ । बैंकले स्टेशनरी सामग्री सहित न्यानो कपडा वितरण गरेको हो ।
रामकोष माध्यमिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई कपि, कलम र न्यानो कपडाको रुपमा ट्रयाकसुट प्रदान गरिएको हो । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत बिधालयका करिब ६० विद्यार्थीलाई ति सामग्री वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी पोखरेलले जानकारी दिए ।
विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गर्दै बैंकका प्रादेशिक कार्यालय पोखराका प्रमुख शिवकुमार ढकालले सामुदायिक विद्यालयमाअध्ययन गर्ने अधिकांश विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई लक्षित गरेर सामग्री वितरण गरिएको बताए । विपन्न परिवारका जेहेन्दार छात्रछात्रासँगै बैंकले उनीहरुको हितको लागि बिभिन्न काम गर्ने ढकालले बताए ।
त्यस अवसरमा कामना विकास बैंक क्षेत्रिय कार्यालय पोखराका उपप्रमुख राजु कार्कि, कर्जा जोखिम विभाग पोखराका प्रमुख दिनेश शर्माले बैंकहरुले आर्थिक कारोबार मात्रै नगरेर समुदाय सँग हातेमालो गरेर समुदायको हित निम्ति योगदान दिएको उल्लेख गरे ।
- प्रकाश डोटेलबाट















