Play

हवाई यात्रुको कमि र मौसमका कारण पोखरा-जोमसोमको नियमित उडान स्थगित, चार्टर र हेलीसेवा भने कायम

गुरुकुल खबर


मुस्ताङ । मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिर लगायतका स्थानमा हवाईमार्ग बाट जाने पर्यटकहरुको सङ्ख्यामा कमि आएपछि मुस्तांगको जोमसोममा उडान गर्ने निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोमको हवाई सेवा तीन महिनाका लागि बन्द गरेका छन।

नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना र पर्यटक अफसिजनका कारण हवाई सेवा स्थगित गरेको नागरिक उड्यन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलले जानकारी दिए ।

जोमसोम विमानस्थलका प्रमुख पोखरेलका अनुसार नियमित हवाई सेवा स्थगित भएपनि चार्टर र आपत्कालीन हेली सेवा भने संचालनमा आउनेछन ।

तारा एयरलाइन्स मुस्ताङका स्टेशन इञ्चार्ज सुचन लालचनले कम्पनीले डिसेम्बर ४ देखि मार्च एक सम्म पोखरा–जोमसोमको नियमित उडान स्थगित गरेको बताए । त्यसैगरी समिट एयरलाईन्सले पनि नियमित उडान दुई महिनाका लागि स्थगित गरेको जनाएको छ ।

हिउँद याममा मुस्ताङमा हावाहुरी चल्ने भएकाले पनि पोखरा–जोमसोम उडान प्रभावित हुनेगर्छ । पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक सहज भएपछि मुक्तिनाथ मन्दिर लगायत मुस्तांग जिल्लामा जाने हवाई यात्रुको सङ्ख्यामा बिगतमा भन्दा कमि आउन थालेको छ ।

१० पुष २०८२, बिहीबार २२:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा