Play

लेखनाथ महोत्सबमा दर्शकको चाप बढ्दो, टिकट काउन्टर थपियो, करिब ८ करोडको कारोबार र सवा दुईलाख दर्शक

गुरुकुल खबर


लेखनाथ,  पोखरा महानगरपालिकाको लेखनाथमा लेखनाथ उद्योग बाणिज्य संघले आयोजना गरेको लेखनाथ महोत्सबमा पुग्ने दर्शकहरुको संख्या बढ्दै गएको छ पुष महिनाको चिसो मौसममा पनि दर्शकहरुको उल्लेखनीय उपस्थितिका कारण महोत्सब आयोजकहरुलाई भिड ब्यबस्थापन गर्न कठिनाई उत्पन्न भएको बताइएको छ।

दर्शकको चाप बढेपछि उनीहरुको ब्यबस्थापन गर्न अतिरिक्त टिकट काउण्टरको समेत ब्यवस्थापन गर्नुपरेको र बाहिर निस्कने दर्शकहरुको लागि आपतकालिन गेट खोल्नुपर्ने अबस्था सृजना भएको बताइएको छ ।

महोत्सवको आठौ दिन क्रिसमसको दिन परेको र सरकारले क्रिसमसको दिनमा सरकारी विदा समेत दिएकोले त्यसलाई सदुपयोग गर्दै अभिभावकहरु र बालबालिकाहरु महोत्सवमा आएकोले अन्य सामान्य दिनको तुलनामा विहिवार दर्शकको सख्या दोब्वरले नै बृद्धि भएको आयोजकको दावी रहेको छ ।

पुस ३ गते देखि संचालन भैरहेको महोत्सवको आठौं दिन बिहिबार मात्र १ करोड वरावरको आर्थिक कारोवार भएको र हालसम्म ७ करोड ८० लाख रुपैया बरावरको कारोवार भएको स्टलमा गरिएको ब्यापारको सर्वेक्षणले देखाएको संघले जनाएको छ। बिहिबार मात्र ३५ हजार दर्शकले मेलाको अवलोकन गरेको र हालसम्म २ लाख २५ हजार दर्शकले मेलाको अवलोकन गरिसकेको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक ध्रुबबाबु भट्टराईले जानकारी दिए ।

महोत्सवको आठौं दिन शिव हमाल, राजन कार्की, परशुराम अधिकारी, सपना गाहामगर, नविना सुवेदी र भुमिका गिरीले प्रगीत संगीत मार्फत दर्शकहरुलाई मनोरंजन दिलाएका थिए कलाकार जानुका पौडेल(प्याकुली) र निरु खड्क एबम साँझको कन्सर्टमा गायक ओम गुरुङ, र्यापर माइृला र यम नेपालीको प्रस्तुतीले स्टेज तताएको थियो।

मेलाको थप आकर्षणको रुपमा रहेको विद्यालय स्तरीय प्रस्तुती अन्तर्गत विहिवार लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुल, जुनियर सिटिजन्स एकेडेमी, लिटल गार्डेन मण्टेश्वरी शिलशिला स्कुलका प्रस्तुतिले महोत्सव स्थलमा थप रोचक बनेको थियो । यसैविच जातजातीको भेषभुष प्रर्दशनितर्फ  बिहिबार भण्डारढिक नेवाःखलको प्रस्तुती र महिलाहरुको रतौली प्रतियोगितामा महिला समुहको प्रस्तुती रहेको थियो ।

यस अगाडी महोत्सबको सातौँ दिन बुधबार मात्र ६० लाख रुपैया वरावरको आर्थिक कारोवार भएको लेखनाथ उधोग बाणिज्य संघले जनाएको छ  बुधवार करिब २०  हजार दर्शकले मेलाको अवलोकन गरेको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक भटराईले जानकारी दिए ।   महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामग्री लिएर घर फर्कने गरेकाले शुरुवातका दिनको तुलनामा व्यापारिक कारोवार बढ्दै गएको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष हरि वस्ताकोटीको भनाई छ ।

महोत्सवको सातौं  दिन कलाकारहरु रामजी खाँड, कृष्ण सुवेदी, जगत पौडेल, पार्वती जि सी, रिया/रतिमाया खड्का, बिन्दा परियारले प्रस्तुती दिएका थिए भने बेलुका कन्सर्टमा गायक अर्जुन सापकोटा, सहिमा श्रेष्ठ लगायत स्थानिय कलाकारहरुको प्रस्तुतीले स्टेज तताएको थियो ।

गाडी देखि गार्मेन्टसम्म र माछा देखि महसम्म एकै ठाउमा पाईने भएपछि उत्पादक र उपभोत्ताको संगमस्थलका रुपमा महोत्सवलाई लिईएको छ । लेखनाथ महोत्सवको आयोजना लेखनाथ उद्योग बाणिज्य संघले गरेको भएपनि यो महोत्सव गण्डकी प्रदेशकै नमुना र ऐतिहासिक महोत्सवका रुपमा स्थापित हुन पुगेको संघका पुर्ब अध्यक्ष छत्रधर आत्रेयको भनाई छ ।

१० पुष २०८२, बिहीबार २१:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा