काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका प्रमुख तीन दलका तीन नेताहरूसंग भेटघाट गर्ने भएका छन आज मंगलवार दिउँसो ३ बजेका लागि तिन दलका नेताहरुसंग भेटघाटको लागि बैठक डाकिएको श्रोतले जनाएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपति पौडेलले भेटघाट गर्ने तय भएको बुझिएको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा पुर्व प्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डसंग छलफल गर्ने कार्यक्रम तय भएको राष्ट्रपति पौडेलको सचिवालयले समेत पुष्टि गरेको छ । भदौ २३ र २४ गत जेनजी पुस्ताको नाममा भएको आन्दोलन पछि राष्ट्रपति पौडेलले पहिलो पटक प्रमुख दलका प्रमुख नेताहरुसंग भेटघाट गर्न लागेका हुन।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, सरकारले सिफारिस गरेको निर्वाचन सम्बन्धी कानुन संशोधनको विषयमा भेटघाट हुन लागेको बुझिएको छ । बैठकमा राष्ट्रपति पौडेलले प्रमुख दलले निर्वाचनबारे गरेको तयारी, सर्वोच्चमा हालेको रिटसहितका विषयमा छलफल गर्ने तयारी गरेका छन् ।















