पोखरा, पोखरा महानगरपालिका- १९ पुरन्चौरको तल्लाकोट ढुंगानाथर निवासी वालुदेबी ढुंगानाको १ सय ११ बर्षको उमेरमा पुष ६ गते आइतबार बेलुका निधन भएको छ। उनि पोखरा महानगरपालिका एबम कास्की जिल्लाको मात्र नभएर यस क्षेत्रको संभवत सबैभन्दा जेष्ठ नागरिक हुन्।
उनलाई यस अगाडी पोखरा महानगरपालिकाको वडा न. १९ र पोखरा महानगरपालिकाले समेत ‘नगर माता’ को रुपमा सम्मान गरिसकेको थियो । उनको जन्म १९७३ साउन १ गते भएको बताइएको छ।
“१ सय ११ बर्षको उमेरमा पनि उनको अबस्था करिब सामान्य थियो। करिब १ बर्ष अगाडीबाट हजुरआमालाई कान सुन्ने र आँखा देख्नमा समस्या आएको भएपनि अन्य स्वास्थ्य अबस्था भने सामान्य जस्तै थियो। हिजो आइतबार पनि खाना खाएर बसेपछि वहाँको निधन हुनपुग्यो। ” स्व. बालुदेबीका नाति एबम नेपाली काँग्रेस कास्कीका सहसचिब शंकर ढुंगानाले गुरुकुल खबरसंग भने।
स्व. बालुदेबिका तिन छोरा र तिन छोरी र नातिनातिनी सहित करिब १ सय २५ जना परिवारका सदस्य छन। उनका तिन छोराहरु मध्ये जेठा छोरा श्रीभद्र ढुंगानाको यस अगाडी नै निधन भैसकेको छ।
उनका माइला छोरा नारायण ढुंगानाले लामो समय शिक्षण पेशामा रहेर अवकाश लिएपछि २०५४ सालको निर्बाचनमा तत्कालिन पुरन्चौर गाबिसको अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट उमेदवार बनेको थिए। स्व. बालुदेबीका कान्छा छोरा चिन्तामणि ढुंगाना र छोरीहरु दुर्गा सुबेदी, भिमकला बाँस्तोला र मैया देबी रहेका छन ।
यसैगरी स्व. बालुदेबीका छोरातर्फका नातिहरुमा विश्वबन्धु ढुंगाना, शंकर ढुंगाना, शिब ढुंगाना, मिनराज ढुंगाना र बिनोद ढुंगाना रहेको छन।
पोखरा -१९ पुरन्चौर तल्लाकोटबाट आज सोमबार बिहान करिब १० बजे शबयात्रा गरि स्थानीय चिन्तेबगरको घाटमा स्व. बालुदेबीको अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ।



















