Play

होटल संघ पोखराको साधारण सभा, पोखराको लेकसाइड चौबिसै घण्टा खुल्छ भन्ने प्रचारले ब्यबसायी मारमा

गुरुकुल खबर


पोखरा, पोखरामा संचालित पर्यटकीयस्तरका होटलका संचालकहरुको संस्था ‘होटल संघ पोखरा’ नेपालको ४३ औं वार्षिक साधारणसभा मंगलबार पोखरामा सम्पन्न भएको छ । संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले साधारणसभाको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै तुलाचनले संघले पोखराको प्रवद्र्धनमा खेलेको सकारात्मक भूमिकाको प्रशंसा गरे । संघ कसरी स्थापना भयो भन्ने विषय स्मरण गर्दै तुलाचनले व्यवसायिक हकहितमा संघ निरन्तर अगाडि बढ्नुपर्ने सुझाव राखे ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा २४ घण्टा खुल्ला भन्ने विषय प्रचार गरेर भ्रम फैलाइएको बताए । रात्रीकालिन व्यवसाय २४ घण्टा खुल्ने भन्ने विषय अहिले पोखराको पर्यटनका लागि नै घातक सिद्ध हुन पुगेको उनको भनाई थियो । ‘विभिन्न सरोकारवाला निकाय मिलेर बनाइएको ४२ बुँदे आचारसंहिता पालना गर्न सक्ने व्यवसायीले मात्र २४ घण्टा व्यवसाय खोल्न पाउने व्यवस्था हो,’ उनले थपे, तर यहाँ सिंगो लेकसाइड र पोखरा रातभरि खुल्ला भन्ने हल्ला र भ्रम चलाइएको छ ।

>

२ पुष २०८२, बुधबार १७:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा