Play

अपांगता भएकी दीपाले संभवत नेपालमै पहिलोपटक व्हिल चियरबाट नै गरिन ‘बन्जी जम्प’

गुरुकुल खबर


सिन्धुली, अपाङ्गता भएको कारण व्हिलचियरमा हिंड्ने एक महिलाले नेपालमा संभवत पहिलोपटक व्हिलचियरसंगै बन्जी जम्प गरेर साहस र आत्मविश्वासको नयाँ उदाहरण प्रस्तुत गरेकी छन् । सिन्धुलीकी अपांगता भएकी दीपा देवकोटाले सफलतापूर्वक बन्जी जम्प गर्दै साहसिक खेलकुदमा अपाङ्गता बाधा होइन अवस्था मात्रै हो भन्ने सन्देश दिएकी छन् ।

उनि भन्छिन, ‘मेरो जन्मदिने आमा बुबालाई यो समाजले अपाङ्गता सन्तान जन्मायको भन्दै सामाजिक र मानसिक रुपमा विभेद गरिरहदा म मेरो आमा बुबालाई धन्यवाद दिन चाहन्छु । किनकी एउटा सक्षम र साहसी छोरी जन्माइदिनु भयो र अपाङ्गताले मेरो जिवनको कुनैपनी अध्यायलाई रोक्ने छैन । त्येसैले मेरो जन्मदिन अभिभावक र मेरो मेरालागी खास छ । सिन्धुली अपांग महिला संघकी अध्यक्ष समेत रहेकी देवकोटा राष्ट्रिय अपांग महासंघ नेपालको सदस्य पनि हुन्  ।

स्पाईनल बाईफिडा शारीरिक अपाङ्गता हुँदाहुँदै पनि देवकोटाले बन्जी जम्प गरेर समाजमा व्याप्त नकारात्मक सोचलाई चुनौती दिएकी छन् । उनी एक सक्रिय अपाङ्गता अधिकारकर्मी समेत हुन् र अपाङ्गता भयका व्यक्तिलाई विभिन्न सामाजिक कार्य गरि उदाहरणीय समेत बनिरहेकी छन्।

देवकोटाले भनिन्, ‘अपाङ्गता कमजोरी होइन, आत्मबल र अवसर पाएमा हामी पनि सबै क्षेत्रमा अघि बढ्न सक्छौँ । मेरो यो प्रयासले अन्य अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइहरूलाई आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिने विश्वास लिएको छु ।

देवकोटाको यो कदम अपाङ्गता भएका महिलाहरूको सशक्तीकरण र समावेशी समाज निर्माणतर्फको महत्वपूर्ण उपलब्धि हो भन्न पनि सकिन्छ ।नेपालमा साहसिक पर्यटनको क्षेत्र तीव्र गतिमा विस्तार भइरहेको अवस्थामा दीपा देवकोटाको यो साहसिक कदमले अपाङ्गता भएका व्यक्तिहरूका लागि साहसिक खेलकुद र पर्यटन क्षेत्र पनि पहुँचयोग्य हुनुपर्छ भन्ने मुद्दा लाई थप बल दिएको छ ।

 

२ पुष २०८२, बुधबार १२:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा