Play

एमाले महाधिबेशन: ओली प्यानलबाट गण्डकी प्रदेशका करिब ५० जना उमेदवार बन्दै

गुरुकुल खबर


पोखरा, नेकपा एमालेको भक्तपुरमा जारी ११ औँ महाधिवेशनमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएसंगै गण्डकी प्रदेशबाट उमेदवार बन्नेहरुको करिब टुंगो लागेको छ  । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुबैले अध्यक्ष सहितको प्यानल बनाएरै चुनावी मैदानमा उत्रिने निश्चित भएको छ । पोखरेल समुह प्यानल निर्माणको चरणमा रहेको भएपनि ओली प्यानल सार्वजनिक भइसकेको छ ।

गण्डकी प्रदेशबाट ओली प्यानलमा करिब ५० जनाले बिभिन्न पदमा उम्मेदवारी दिने अवसर पाएका छन । गण्डकी प्रदेशबाट सबैभन्दा ठुलो पद उपाध्यक्षमा लमजुङका पृथ्वीसुब्बा गुरुङलाई उम्मेदवार बनाइएको छ । लामो समयदेखि महासचिवमा दाबी गरेका गुरुंगले अन्तिममा  उपाध्यक्षमा पदमा चित्त बुझाएर चुनाब लड्न तयार भएका छन । सचिव पदमा कास्कीका खगराज अधिकारी पनि उमेदवार बन्ने भएका छन भने स्याङजाकी पदमा अर्याललाई पनि सचिब पदमा दोहोर्‍याएर उमेद्वार बनाइने भएको छ ।

यसअघि गण्डकीबाट पदाधिकारी दाबी गरेका जगत विश्वकर्मा, पदम गिरी, किरण गुरुङ लगायतले सदस्यको टिकट पाए । भूगोलबाट खुलामा तनहुँका केदार सिग्देल, तनहुँका हरि श्रेष्ठ, नवलपुरका तिलक महत, गोरखाका रामशरण बस्नेत र कास्कीका कृष्ण थापा उम्मेदवार बनेका छन्। युवामा कास्कीकै दिलीप न्यौपाने उम्मेदवार छन् भने महिलामा स्याङ्जाकी सीमा क्षेत्री, बागलुङकी मञ्जु शर्मा चालिसे, पर्वतकी कल्पना चापागाईं उम्मेदवार छन् ।

आदिवासी जनजातिबाट बागलुङका लीलबहादुर थापा र मुस्ताङका चन्द्रमोहन गौचन उम्मेदवार बनेका छन् । युवामा मुस्ताङकै सम्राट् गौचन उम्मेदवार हुँदा महिलामा म्याग्दीकी थममाया थापा, म्याग्दीकै नरदेवी पुन बागलुङकी सावित्रा राना, कास्कीकी मन्जुदेवी गुरुङ उम्मेदवार बनेका छन् । गुरुङ पुर्व राष्ट्रपति बिद्यादेबी भण्डारीकी मितिनी समेत हुन तर उनि ओलीको प्यानलबाट सदस्यको उमेदवार बनेकी छन

दलितबाट बागलुङका गोविन्द नेपाली, पर्वतका मनोहर पौडेल विकले टिकट पाउँदा खुला सदस्यतर्फ तनहुँका किरण गुरुङ, बागलुङका कृष्ण पाठक, डा. सूर्य पाठक, पर्वतका पदम गिरी, कास्कीका जगत विक, कास्कीकै राजीव पहारी, रश्मि आचार्य, स्याङ्जाका खिम थापा, कास्कीका बालकृष्ण काउछा मगर, स्याङ्जाका नारायण मरासिनी, लमजुङका कृष्ण अधिकारी, भीष्म अधिकारी, तनहुँका किसान श्रेष्ठ पनि चुनावी मैदानमा छन् ।

महिलामा स्याङ्जाकी सिताकुमारी सुन्दास, बागलुङकी मनकुमारी जिसी, लमजुङकी टुकाभद्र हमाल, कास्कीकी प्रभा कोइराला, तनहुँकी भगवती न्यौपाने, कास्कीकी क्रान्ति बुर्लाकोटी, देवका पहारी र लमजुङकी यशोदा रिमाल उम्मेदवार छन् ।

केन्द्रीय अनुशासन आयोगको सचिवमा डा.भरतराज पहारी, सदस्यमा राजेन्द्र घिमिरे, मायानाथ अधिकारी, तनहुँकी शान्तिदेवी खनाल र कास्कीकी सीता गिरी वली उम्मेदवार बनेका छन् । आयोगका अध्यक्ष उम्मेदवार काशीनाथ अधिकारी पनि जन्म गण्डकीमै भएको हो । तनहुँका उनी हाल चितवन बस्दै आएका छन् ।

सम्पर्क समन्वयकी कल्पना थापा लमजुङकी हुन् । लेखा आयोग सदस्यमा पर्वतका हरिकृष्ण श्रेष्ठ र केशबहादुर केसी तथा नवलपुरकी पदमा जिसी उम्मेदवार छन् । सञ्जय थापा प्रवास समितिबाट चुनाव लडेका छन्।

सम्बन्धित समाचार ..

गण्डकीबाट एमालेको पदाधिकारी बन्न ६ जनाको र कास्कीबाट केन्द्रीय सदस्य बन्न कम्तिमा १० जनाको दौडधुप

२९ मंसिर २०८२, सोमबार १६:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा