Play

नेपाली काँग्रेसको सभापतिमा उमेदवारी दिने नेता चन्द्र भण्डारीको घोषणा

गुरुकुल खबर


काठमाडौं, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले यहि मङ्सिर २६ गतेदेखि हुने पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्  बुधबार सामाजिक सञ्जाल मार्फत भण्डारीले पार्टी सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

यस अगाडी सम्पन्न पार्टीको १४ औं महाधिबेशनमा भण्डारीले उपसभापति पदमा उमेदवारी दिएका थिए। उनले डा. शेखर कोइरालाको समूहमा रहेर उपसभापतिका उम्मेदवार बनेकोमा १ हजार ५ सय ८० मत प्राप्त गरेर उनि चौथो भएका थिए । यस पटक भने भण्डारीले सभापति पदमा उमेदवार बन्ने घोषणा गरेका छन ।

‘साथीहरूको जिज्ञासा मेरो धारणा, नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित,’ नेता भण्डारीले लेखेका छन् ।

देश जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकताअनुसार आफू अघि बढ्न तयार रहेको उनेल उल्लेख गरेका छन । नेता भण्डारीले साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्नु पर्ने समेत बताएका छन ।

‘देश, जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु,’ उनले लेखेका छन्, ‘साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्दछ ।’

२४ मंसिर २०८२, बुधबार ११:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा