लेखनाथ, पोखरा महानगरपालिकाको लेखनाथ क्षेत्रका उद्योगी ब्यबसायीहरुको साझा संस्था लेखनाथ उद्योग वाणिज्य संघले आगामी पुस ३ देखि १४ गतेसम्म गर्ने २१ औं संस्करणको लेखनाथ महोत्सवको तयारीमा तिब्रता दिएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ आयोजना र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र महासंघको गण्डकी प्रदेश समितिको सहआयोजनामा उक्त महोत्सव संचालन गरिने भएको हो ।
महोत्सव स्थलमा रहने ३ सय ३५ वटा स्टलमध्ये ९५ प्रतिशत स्टल बुकिङ भईसकेको बताइएको छ । कार्य सम्पादन, सुरक्षा व्यवस्थापन, सहकारी संस्था समन्वय, विद्यालयस्तरीय कार्यक्रम, झाँकी र्याली व्यवस्थापन, युवा परिचालन तथा पार्किङ व्यवस्थापन, टोल विकास संस्था समन्वय, महोत्सव सुपरिवेक्षण उपसमितिले छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिसकेको छन।
कार्यक्रममा सहभागी भएका ब्यबसायी सहित लेखनाथका बासिन्दाहरुले महोत्सव सफल बनाउने विषयमा आआफना तर्फबाट सक्रियता पुर्बक लाग्ने प्रतिबद्धता व्यक्त भएको संघकी अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिकी संयोजक समेत रहेकी लेखनाथ उद्योग बाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले गुरुकुल खबरलाई जानकारी दिईन ।
लेखनाथ महोत्सवलाई ब्यबस्थित रुपमा संचालन गर्नको लागि मूल आयोजक समिति सहित बिभिन्न उपसमितिहरु गठन गरिएको छ। ३ सय जना सदस्य रहेको मूल आयोजक समितिको संयोजकमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका अधिकारी पराजुलीलाई नै राखिएको छ। बिभिन्न ४३ वटा उपसमिति सहित ६६ जनाको कार्यसम्पादन समिति र १० सदस्यीय निर्देशक समिति बनाइएको जानकारी संघले दिएको छ।
लेखनाथ महोत्सबमा यस पटक करिब ३ सय ३५ वटा स्टल राखिने भएको छ यस बर्ष दुई लाख पचास हजारभन्दा बढि दर्शकले महोत्सब अवलोकन गर्ने र करिब ९ करोड रुपैया बरावरको आर्थिक कारोबार हुने अनुमान आयोजकको रहेको छ । महोत्सवमा करिब ९५ लाख रुपैया आम्दानी हुने भएपनि महोत्सव सम्पन्न गर्नमा करिब ८५ लाख रुपैया खर्च हुने र १० लाख रुपैया मात्र बचत हुने अनुमान गरिएको संघले जनाएको छ।
महोत्सव अन्तर्गत औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरुको प्रदर्शनी एबम बिक्रि, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरुको बिक्रि वितरण, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरु, लेखनाथ क्षेत्रका गतिविधिहरु, फुड फेस्टिवल, अटोमोवाइल लगायतका सामानको बिक्रि र प्रदर्शनी महोत्सबमा गरिने छ। यसका साथै बिभिन्न संघ संस्थाले प्रदान गर्ने वित्तिय तथा अन्य सेवाहरुको जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि, ताजा तरकारी, दुग्ध जन्य उत्पादन सहित अन्य सामानको विक्रि र प्रदर्शनी समेत गरिने बताइएको छ।
महोत्सवस्थलमा भगवान गौतम बुद्धको प्रतिमा राखिने भएको छ यसका साथै विजनेश टक शो र मोटीभेसनल स्पिच कार्यक्रम, जातजातिको रितिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकी प्रदर्शनी, महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित कार्यक्रम, शैक्षिक प्रदर्शनीहरु, विद्यालय स्तरीय कार्यक्रम, महोत्सव प्रर्वद्धन सम्बन्धी टिकटक प्रतियोगिता, महोत्सव प्रर्वद्धन कन्टेन्ट क्रिएशन प्रतियोगिता, सुगम संगित तर्फ पप कन्सर्ट र लाइभ व्याण्ड, राष्ट्रिय स्तरका कलाकारहरुवाट लोकदोहोरी तथा स्टेज सो (हास्यव्याङ्य) कार्यक्रम, बाल उद्यान, खाना महोत्सव, उत्कृष्ट स्टल पुरस्कार लगायतका गतिबिधि पनि महोत्सब अन्तर्गत समाबेश गरिएको बताइएको छ ।
सम्बन्धित समाचार .
लेखनाथ महोत्सवको तयारी शुरु: कार्यसम्पादन समिति र बिभिन्न उपसमितिका संयोजकहरु चयन (नाम सहित)
लेखनाथ महोत्सव पुषको पहिलो साता हुने, ९ करोडको कारोबार र ९५ लाख आम्दानी गर्दा १० लाख मात्र बचत हुने

















