Play

अन्नपुर्ण एफएमले आज साँझ महेन्द्रपुलमा “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” गर्दै

गुरुकुल खबर


पोखरा, रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराले आज बिहिबार साँझ “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना गर्ने भएको छ । झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका वडा नम्बर ९ संगको सहकार्यमा उक्त कार्यक्रम हुने रेडियोका स्टेसन म्यानेजर सञ्जय कुमार मल्लले जानकारी दिए ।  रेडियोको रजत वर्षको अवसरमा वर्षभरी १२ महिना १२ कार्यक्रम अन्तरगत यो कार्यक्रम आयोजना गर्न लागिएको मल्लले बताए ।

कार्यक्रम पोखराको  महेन्द्रपुलमा रहेको फाल्चामा हुने कार्यक्रम संयोजक राजाराम पौडेलले जानकारी दिए ।  कार्यक्रममा उपस्थित भएर सारङ्गीका धुन मार्फत झलकमान गन्धर्व र नारायण गोपाललाई स्मरण गर्न सकिने भएकोले सबैजनालाई उपस्थित भएर साथ दिन संयोजक पौडेलले आग्रह गरेका छन् । कार्यक्रममा झलकमान गन्धर्व सारङ्गी पाठशालामा अध्ययनरत विद्यार्थीले सारङ्गीको धुनमा झलकमान र नारायण गोपालका गीत सुनाउनेछन् ।

कार्यक्रमलाई सफल पार्नन प्रवर्द्धकको रुपमा पोखरा महानगरपालिकाका बिभिन्न वडा र औधोगिक तथा व्यापारिक प्रतिष्ठानले सहयोग गरेको रेडियोले जनाएको छ ।  पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले नेपाली साङ्गीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका स्रष्‍टाहरूको स्मृतिमा आयोजना गरिएको कार्यक्रमको बेग्लै गरिमा रहने विश्वास व्यक्त गरे ।

रेडियोले हरेक वर्ष नारायण गोपालको स्मृतिमा नारायण गोपाल साँझ गर्दै आइरहेको थियो । रजत वर्षको अवसरमा यस अगाडि रेडियोले पोखरा १४ मा रहेको वात्स्यायन वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा सहयोग, बिभिन्न बहस मूलक कार्यक्रम, जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कास्कीमा स्टेसनरी सामाग्री वितरण, प्रसिद्ध धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ,  झलकमान गन्धर्व सारङ्गी पाठशालाका विद्यार्थीलाई राष्ट्रिय पोशाक सहयोग लगायतका काम गरिसकेको छ । रेडियो अन्नपूर्ण २०५८ साल वैशाख १२ गते स्थापना भएको हो ।

१८ मंसिर २०८२, बिहीबार ११:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा