Play

जनप्रिय बहुमुखी क्याम्पसमा स्वर्गीय विष्णुप्रसाद बराल स्मृतिकप छात्रस्तरीय भलिबल शुरु

गुरुकुल खबर


पोखरा, जनप्रिय बहुमुखी क्याम्पस पोखराको ३४ औँ वार्षिक उत्सवको अवसरमा विष्णुप्रसाद बराल स्मृतिकोष र कोषका संस्थापक संरक्षक नरेश बरालको प्रायोजनमा बुधबार पोखरा महानगरपालिका भित्रका पब्लिक क्याम्पसहरू बिचको छात्रस्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ।

विद्यार्थी हित शाखा प्रमुख बेदहरी तिमेल्सिनाले गुरुकुललाई दिएको जानकारी अनुसार प्रतियोगितामा पोखरा महानगरपालिका भित्रका पांचवटा पब्लिक क्याम्पसका छ वटा समूहले भाग लिएका छन।

बुधबार भएको पहिलो दिनको खेलबाट जनप्रिय बहुमुखी क्याम्पस ए टिम र कालिका बहुमुखी क्याम्पस फाइनलमा पुगेका छन्। दुई समूहबीचको फाइनल खेल शुक्रबार बिहान हुनेछ ।

यस अगाडी जनप्रिय बहुमुखी क्याम्पसको परिसरमा संचालित प्रतियोगिताकाको उद्घाटन गर्दै जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्र नारायण बिजुक्छे भलिबल प्रतियोगिता स्वर्गीय विष्णु प्रसाद बरालको व्यक्तित्व र कृतित्वको बारेमा चर्चा गरे ।

उनले स्व. बराल जनप्रिय बहुमुखी क्याम्पसको पूर्व अध्यक्ष, संस्थापक चन्दादाता र जनप्रिय क्याम्पसको विकासमा महत्वपूर्ण योगदान गर्ने मध्येका एक व्यक्तित्व रहेको बताए। स्व. बरालको नाममा ११ लाख ५० हजार रुपैयाको अक्षयकोष स्थापना गरिएको छ।

प्रतियोगताको प्रायोजक नरेश बरालको अध्यक्षतामा भएको कार्यक्रमका जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्व कार्यवाहक अध्यक्ष परशुराम बरालले पनि स्वर्गीय विष्णु बरालको महत्वपूर्ण योगदान रहेको बताए ।

उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य ब्यक्त गर्दै जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख कृष्णबाबु बरालले स्व. विष्णुप्रसाद बरालले क्याम्पसको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताए सो कार्यक्रमको सञ्चालन उपप्राध्यापक कृष्णप्रसाद त्रिपाठीले गरेका थिए

उक्त प्रतियोगितामा विजयी हुने मध्ये प्रथम टिमलाई रु २५ हजार र द्वितीय टिमलाई रु १५ हजार नगद र मेडल प्रदान गरिनेछ।

१७ मंसिर २०८२, बुधबार १८:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा