Play

प्रभु बैंकमा उच्चतहका कर्मचारी अनुसन्धानमा: कार्यवाहक सीईओको जिम्मेवारी निरज लम्साललाई

गुरुकुल खबर


काठमाडौं, प्रभु बैंक लिमिटेडले कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी निरज लम्साललाई दिएको छ । बैंकले आइतबार विज्ञप्ति जारी गर्दै लम्साललाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको जनाएको छ । बैंकका सीईओसहित तीन कर्मचारी अनुसन्धान प्रक्रियामा रहेकाले दैनिक कार्य सञ्चालन, निरन्तर तथा प्रभावकारी रूपमा अघि बढाउन सञ्चालक समितिबाट वरिष्ठतम् कर्मचारी लम्साललाई जिम्मेवारी दिएको जनाएको छ ।

प्रभु बैंकका सिइओ अशोक सेरचन पक्राउ परेसँगै बैंकका माथिल्लो निकायका कर्मचारीहरु पनि अनुसन्धानको दायरामा आएका छन । बैंकमा सिइओ अशोक सेरचनपछि सम्पूर्ण खर्चको अधिकार डिजिएम रश्मी पन्तलाई थियो । बैंकिङ कसुरको मुद्धामा पन्त पनि जोडिएको बुझिएको छ । उनी सहित बैंकका माथिल्लो निकायका कर्मचारी मणिराम पोखरेल पनि अनुसन्धानको दायरामा तानिएका छन ।

“नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटको मिति २०८२ मंसिर १४ गते प्रकाशित विज्ञप्ति अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत समेत ३ जना कर्मचारीहरु अनुसन्धान प्रक्रियामा रहेकाले बैंकको दैनिक कार्य सञ्चालन, निरन्तर तथा प्रभावकारी रुपमा अघि बढाउन सञ्चालक समितिबाट बैंकका वरिष्ठतम् कर्मचारी श्री निरज लम्साललाई आज मिति २०८२ मंसिर १४ गते देखि लागु हुने गरी बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकतको जिम्मेवारी प्रदान गरिएको छ,” बैंकका सूचना अधिकारी रबिन्द्र ढकालद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैंकको दैनिक कार्य सञ्चालन, निरन्तर तथा प्रभावकारी रूपमा अघि बढाउनका लागि लम्साललाई  कार्यवाहक सीईओको जिम्मेवारी दिइएको बैंकले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “अनुसन्धानको कारणले बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ता, सेयरधनी तथा ग्राहकहरुको हितमा नकारात्मक असर पर्ने अवस्था नरहेको व्यहोरा विश्वास दिलाउन चाहन्छौँ । साथै, बैंकका समस्त निक्षेकर्ता, ग्राहक एवं सेयरधनी महानुभावहरूबाट सदाझैँ बैंकप्रति सहयोग, सद्भाव तथा शुभेच्छा प्राप्त भैरहनेमा विश्वस्त छौँ ।”

१५ मंसिर २०८२, सोमबार ०७:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा