पोखरा, नेपाल बास्केटबल संघ कास्की र नेपाल बास्केटबल संघ गण्डकी प्रदेश समितीको संयुक्त आयोजनामा बेलायती सेनामा कार्यरत बेलायती सैनिक र पोखरेली खेलाडीहरु बीच मैत्रीपुर्ण बास्केटबल खेल पोखरामा सम्पन्न भएको छ ।
बेलायती सेनामा कार्यरत ‘३६ इन्जिन्यर रिजिमेंट एण्ड द क्विन्स गोर्खा इन्जिनियर्स’ का सैनिकहरु पोखरा आएको अवसर पारेर पोखरामा रहेका खेलाडीहरु बिचमा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो।

पोखरा रंगशालाको बास्केटबल कोर्टमा शनिबार सम्पन्न मैत्रीपुर्ण बास्केटबल प्रतियोगिताको बरिष्ठ समाजसेवी, बास्केटबलका पुर्ब खेलाडी समेत रहेका पुर्ब बेलायती नागरिक कर्णेल जेपि क्रसले शुभारम्भ गरेका थिए ।
प्रतियोगितामा बेलायती सेनामा कार्यरत ‘३६ इन्जिन्यर रिजिमेंट एण्ड द क्विन्स गोर्खा इन्जिनियर्स’ को तर्फबाट ‘जेपि क्रस बास्केटबल प्रतियोगिता’ का लागी रु पचास हजार रुपैयां सहयोग समेत प्रदान गरिएको थियो ।
नेपाल बास्केटबल संग गण्डकी प्रदेश समितीका अध्यक्ष ध्वजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी कर्णेल जेपि क्रस, गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी दिनेश आचार्य, बास्केटबल संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष जुम प्रसाद गुरुङ , संघको कास्की जिल्ला अध्यक्ष कृष्ण , उपाध्यक्ष प्रेम पुन, बेलायती सेनामा कार्यरत मेजर अन्ना लगायतले शुभकामना प्रकट गरेका थिए ।

कार्यक्रममा बेलायती सेनाका पुर्ब अफिसरहरु, बास्केटबल संघमा आबद्द सहित अन्य खेलाडीहरु र बेलायती सेनाको गोरखा रेजिमेन्ट अन्तर्गत ३६ औं ईन्जिनियर रेजिमेन्ट तथा कुईन्स ईन्जिनियर्समा कार्यरत बेलायती सेनाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका कलाकारहरुले नृत्य प्रस्तुत गरेर मनोरन्जन दिलाएका थिए ।
















