Play

महामन्त्री द्वय थापा र शर्माले पनि कांग्रेसको अन्तरिक बिबाद समाधान गर्न लचकता देखाउनुपर्छ- कल्याण गुरुङ

गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुंगले पार्टी सभापति शेरबहादुर देउवा र कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा अहिले देखिएको आन्तरिक बिबादलाई समाधान गर्न देखाएको लचकताको सराहना गर्दै पार्टीका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले अझ बढी लचकता देखाउंदै बिबाद समाधानमा अग्रसरता लिनुपर्ने कुरामा जोड दिएका छन।

कुनै पनि देशमा बाहिरी देशको आक्रमण भयो भने त्यो देशको राजनीतिक दलहरु र राजनीतिक शक्तिहरुले आन्तरिक मतभिन्नताहरुलाई त्यागेर एकताबद्ध हुन्छन् र देशको कार्यकारी प्रमुखलाई साथ मात्र दिदैनन्, युद्ध जित्नको लागि आफ्नो सम्पुर्ण शक्ति र सामर्थ्य पनि लगाउछन अहिले नेपाली कांग्रेस माथि पनि पार्टी बाहिरका मानिसहरुले आक्रमण गरेर केन्द्रीय कार्यालय देखि अन्य कार्यालयहरु खरानी बनाए ।

यसैगरी आदरणीय पार्टी सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवा माथि सांघातिक आक्रमण गरेर वहांहरुलाई मरणासन्न हुने गरि आक्रमण गरेको प्रसंग उल्लेख गर्दै केन्द्रिय सदस्य गुरुङले अहिले कांग्रेस भित्र आन्तरिक विवादको समय नभएर प्रबल आन्तरिक एकताको समय भएको उल्लेख गरेका छन ।

‘देशमा उत्पन्न बिषम परिस्थितिको कारणले नेपाली कांग्रेस पनि अत्यन्त कठिन र जटिल परिस्थितिमा रहेको छ । यस्तो समयमा महामन्त्रीहरुले पनि सबै तितो पलहरुलाई विस्मृतिमा राखेर पार्टीलाई सुसंगठित गर्न आदरणीय पार्टी सभापति र कार्यवाहक सभापतिलाई खुल्ला दिलले सहयोग गर्नुपर्छ र वहांहरुको हरेक कदममा पुर्ण साथ दिनु पर्छ ।’ गुरुंगले भनेका छन।

कांग्रेस नेता कल्याण गुरुंगले ब्यक्त गरेको बिचार 

मानिसहरुले शुभेच्छुकहरुको सदासयतालाई कमजोरी ठान्ने गंभीर गल्ती गर्छन् र पछि पछुताउछन् । नेपाली कांग्रेसका आदरणीय सभापति श्री शेर बहादुर देउवा र आदरणीय कार्यवाहक सभापति श्री पुर्ण बहादुर खडकाको पार्टी भित्र हाल देखिएको आन्तरिक विवादलाई एकताबद्ध भएर समाधान निकाल्न गर्नु भएको अथक प्रयास र शालिन सदासयतालाई पार्टीका महामन्त्रीहरुले वहांहरुको कमजोरीको रुपमा बुझ्ने गंभीर गल्ति गरि रहेको भन्ने सुनिन्छ । यदि यो सत्य हो भने त्यो वहांहरुको गंभीर भुल हुनेछ र वहांहरुसंग पछुतो बाहेक केहि पनि हात लाग्ने छैन ।

आदरणीय पार्टी सभापतिसंग ८५ प्रतिशत भन्दा बढी केन्द्रीय कार्य समितिका साथीहरु साथमा हुंदा पनि वहांले अत्यन्त लचकताका साथ आन्तरिक विवाद मिलाउन जसरी मिहनेत गरि रहनु भएको छ, प्रशंसनिय छ । यसैगरि कार्यवाहक सभापतिले – “माफ पाउँ सबैसंग बैठक सारेकोमा । गालि सबैले मलाई गर्नुस , जसले गालि गर्न डिजर्भ गर्नु हुन्छ। जब सम्म सर्बसम्मत निर्णय गर्ने अबस्था बन्दैन , म बैठक सारी रहन्छु म कार्यबाहक रहे सम्म ।” भनेर सामाजिक संजालमा लेख्नु विवाद समाधानको लागि देखाउनु भएको उच्चतम सदासयता हो, जुन प्रशंसनीय छ।

अब प्रश्न उठछ – के आन्तरिक विवाद मिलाउने दायित्व आदरणीय पार्टी सभापति र कार्यवाहक सभापति को मात्रै हो र ? यो काम महामन्त्रीहरुको पनि होईन र ? के महामन्त्रीहरुले पार्टी भित्रको आन्तरिक विवाद मिलाउन सदासयता देखाउनु पर्दैन र ? के यसको लागि वहांहरुले अग्रसरता लिनु पर्दैन र ? के पार्टीका महामन्त्रीहरु पक्ष वा विपक्षमा बाडिन मिल्छ र ? के पार्टीका महामन्त्रीहरुले आन्तरिक विवादलाई समाधान गर्नुको सट्टा यसमा समस्या माथि समस्या थपेर विवादलाई अझ बढी जटिल बनाउन मिल्छ र ?

महामन्त्रीहरुसंग पार्टीका साथीहरुले अब के अपेक्षा गर्ने – विवाद कि समाधान ? आदरणीय पार्टी सभापति र कार्यवाहक सभापतिले पार्टीको आन्तरिक विवाद मिलाउन जसरी सदासयता र लचकता प्रदर्शन गर्नु भएको छ र अग्रसरता लिनुभएको छ, महामन्त्रीहरुले पनि वहांहरु भन्दा बढी लचकता र सदासयता प्रदर्शन गर्नुपर्छ र वहांहरु भन्दा बढी विवाद समाधान गर्न अग्रसरता लिनुपर्छ ।

कुनै पनि देशमा बाहिरी देशको आक्रमण भयो भने त्यो देशको राजनीतिक दलहरु र राजनीतिक शक्तिहरुले सबै मतभिन्नताहरुलाई त्यागेर एकताबद्ध हुन्छन् र देशको कार्यकारी प्रमुखलाई साथ मात्र दिदैनन्, युद्ध जित्नको लागि आफ्नो सम्पुर्ण शक्ति र सामर्थ्य पनि लगाईदिन्छन् ।

आज नेपाली कांग्रेस माथि पनि पार्टी बाहिरका मानिसहरुले आक्रमण गरेर केन्द्रीय कार्यालय देखि अन्य कार्यालयहरु खरानी बनाए । यसैगरी आदरणीय पार्टी सभापति श्री शेर बहादुर देउवा र आदरणीय केन्द्रीय सदस्य डा. आरजु राणा देउवा माथि सांघातिक आक्रमण गरेर वहांहरुलाई मरणासन्न हुने गरि रगताम्य पारे । वहांहरुको लगायत पार्टीका धेरै नेताहरु र साथीहरुको घरहरु जलाए । नेपालको प्रशासनिक केन्द्र सिंहदरबार, सर्वेच्च अदालत लगायत अन्य अदालतहरु र संसद भवन पनि जलाए ।

नेपाल जलेको समयमा, नेपालको संविधान मूलबाटोबाट डिरेल भएको समयमा, नेपालको लोकतान्त्रिक राजनितिको भविष्यको गंभिर चिन्ता गर्नुपर्ने समयमा र नेपालीको उज्जवल भविष्यको लागि अथक मिहनेत गर्नु पर्ने समयमा पार्टीमा आन्तरिक विवाद उचित देखिन्दैन । यस्तो बिषम र कठिन बेलामा सबै मतभिन्नताहरुलाई बिर्सिएर पार्टीलाई एकताबद्ध बनाउनु पर्छ र सबै तिता पलहरु थांती राखेर हामी सबैले आदरणीय पार्टी सभापति र कार्यवाहक सभापतिलाई साथ दिनु पर्ने र सहयोग गर्नु पर्ने हामी सबैको अधिकार, कर्तव्य र दायित्व हो ।

अहिले आन्तरिक विवादको समय होईन, प्रबल आन्तरिक एकताको समय हो । देशमा उत्पन्न बिषम परिस्थितिको कारणले नेपाली कांग्रेस पनि अत्यन्त कठिन र जटिल परिस्थितिमा रहेको छ । यस्तो समयमा महामन्त्रीहरुले पनि सबै तितो पलहरुलाई विस्मृतिमा राखेर पार्टीलाई सुसंगठित गर्न आदरणीय पार्टी सभापति र कार्यवाहक सभापतिलाई खुल्ला दिलले सहयोग गर्नुपर्छ र वहांहरुको हरेक कदममा पुर्ण साथ दिनु पर्छ ।

महामन्त्रीहरुले आन्तरिक विवादमा अल्झिनु वहांहरुको लागि शोभायमान हुंदैन । विवाद समाधान गर्ने कार्यमा महत्वपु्र्ण भूमिका नै खेल्नुपर्छ, महामन्त्रीहरुले । महामन्त्रीहरु पार्टिको कार्य समितिको संख्या मात्र होईन, समस्याहरुको समाधान गर्ने सहयोगीहरु पनि हुन् । यसर्थ, पार्टी भित्र विवाद चुलीमा पुर्याएर महामन्त्रीहरुको नेतृत्व कौशल देखिन्दैन । उकालो लागेको आन्तरिक समस्याको पाईलाहरुलाई समाधानको मूलबाटोमा ल्याउने कर्तव्य र दायित्व पनि महामन्त्रीहरुको हो । यसर्थ, महामन्त्रीहरुले आदरणीय पार्टी सभापति र कार्यवाहक सभापतिलाई आन्तरिक विवाद समाधान गर्न सक्रिय सहयोग गरेर वहांहरुको सदासयता र लचकतालाई साथ दिनु नै अहिलेको समयमा उचित कदम हुनेछ ।

किमधिकम् । जय नेपाल !

१३ मंसिर २०८२, शनिबार ०८:५९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा