Play

क्यासिनोबाट १४ करोड लुटेको आरोपमा काठमाडौँबाट दुईजना पक्राउ

गुरुकुल खबर


काठमाडौँ,  काठमाडौँको बौद्ध स्थित पाँचतारे होटल हायात रिजेन्सी परिसरमा सञ्चालित प्राइड क्यासिनोबाट १४ करोड रुपैया भन्दा बढी लुटेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जेनजी पुस्ताको नामामा भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा भदौ २४ गते  हायात होटलमा सञ्चालित प्राइड इन्टरटेनमेन्ट प्रालीमा तोडफोड र लुटपाट भएको थियो ।

क्यासिनोको रकम लुटिएको घटनामा  संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा दावा सेट्टी र रञ्जित खड्गी ‘रणे’ छन् । उनीहरूलाई काठमाडौँबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले संचारकर्मीलाई बताएका छन  ।

सेट्टी र रणे दुवै जनाको पृष्ठभूमि गुण्डागर्दी रहेको प्रहरीले जनाएको छ उनीहरुले खुकुरी सहितका हतियार बोकेर क्यासिनोमा प्रवेश गरेर लुटपाट गरेर हिँडेको भिडियोमा देखिन्छ । उनीहरुले क्यासिनोमा रहेको १४ करोड रुपैया नगद लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष रहेको छ ।

उनीहरुले यसअघि पनि भारतीय नागरिकको परिचयपत्र बनाएर नेपालीहरुलाई क्यासिनोमा प्रवेश गराउने गरेको आरोप लाग्दै आएको छ । बौद्ध क्षेत्रमा उनीहरुले हप्ता असुली समेत गर्ने गरेको स्थानीयहरू बताउँछन्  होटल हायात रिजेन्सीले जेनजी प्रदर्शनमा भएको लुटपाट र आगजनीबारे अनुसन्धान गर्न यस अगाडी नै प्रहरीमा जाहेरी दिएको थियो ।

१३ मंसिर २०८२, शनिबार ०८:२७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा