Play

सभापति देउवा, खड्का, थापा र शर्माको बैठक निष्कर्ष बिहिन, भोलिको बैठक फेरी सारियो, खड्काले मागे माफि

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको महाधिवेशन सम्बन्धि विवाद मिलाउन भन्दै पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको चार नेताको बैठक बिना निष्कर्ष टुंगिएको छ। यता, शुक्रबार अर्थात् मङ्सिर १२ गते दिउसो बस्ने भनिएको बैठक पनि मङ्सिर १४ गते आइतबारको लागि सारिएको छ।

यस अगाडी पनि पटक पटक बैठक स्थगित हुने र सर्ने क्रम निरन्तर छ गत असोज २८ गतेदेखि चलिरहेको बैठक बस्दै नबसी स्थगित हुने क्रम चलिरहँदा मङ्सिर ११ गतेको बैठक पनि बस्दै नबसी मङ्सिर १२ गतेको लागि सारिएको थियो।

तर, अब मङ्सिर १२ गतेको बैठक समेत बस्दै नबसी मङ्सिर १४ गतेको लागि सारिएकोले महाधिबेशनको बारेमा सहमती कायम गर्न बैठक सारिएको हुन सक्ने अनुमान गरिएको छ ।

यसैबीच नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समिति बैठक पटक पटक स्थगित गर्नुपरेकोमा माफी मागेका छन्।  बैठकले सर्वसम्मत निर्णय गर्न भन्दै पटक पटक केन्द्रीय समिति बैठक सारिएपछि कांग्रे‍समा नेतृत्वको आलोचना भइरहेको बेला कार्यबाहक सभापति खड्काले सार्बजनिक रुपमा माफि मागेका हुन्।

खड्काले आँफु कार्यबाहक सभापति रहेसम्म र सर्बसम्मत निर्णय गर्ने अबस्था नआएसम्म बैठक सारिरहने समेत स्पष्ट पारेका छन ।

शुक्रबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक पनि आइतबारका लागि सारिएपछि आलोचना भएको हो। कार्यवाहक सभापति खड्काले बिहीबार बेलुकी सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै केन्द्रीय समिति बैठक पटकपटक सार्नुपरेकोमा माफी मागेका छन्।

‘केन्द्रीय समिति बैठक सारेकोमा सबैसँग माफ पाऊँ। गाली सबैले मलाई गर्नुस्, जसले गाली गर्न डिजर्भ गर्नुहुन्छ,’ खड्काले भनेका छन्, ‘जबसम्म सर्वसम्मत निर्णय गर्ने अवस्था बन्दैन, म बैठक सारिरहन्छु, म कार्यवाहक रहेसम्म।’ उनले लेखेका छन।

अब आइतबार बस्ने कांग्रेस केन्द्रिय समितिको बैठक अगाडी संस्थापन र इतर पक्षबीचको सहमतिमा मध्यमार्गी प्रस्ताब तयार गरेर बैठकमा प्रस्तुत गरिने सम्भावना छ ।

सभापति देउवाको अगुवाईमा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको बैठकले कुन महाधिबेशन कहिले गर्ने भन्ने निर्णय गर्न नसकेको बुझिएको छ ।

आज बिहीबार साँझ पार्टी सभापति देउवाको निवासमा छलफल भएपनि दुवै पक्षले आआफ्नो समूहमा थप छलफल गरेर भोलि बिहान फेरि बैठक बस्ने गरी बैठक सकिएको बताइएको छ।

संस्थापन पक्ष अर्थात सभापति देउवा फागुन २१ को निर्वाचन अगाडि महाधिवेशन गर्ने कार्यतालिका ल्याउन सकारात्मक बनेपछि मध्यमार्गी प्रस्तावको तयारीका लागि सभापति देउवासहित कार्यवाहक सभापति पूर्णबहदुए खड्का र महामन्त्रीद्वय थापा र शर्माको बीचमा देउवा निवासमा छलफल भएको हो ।

गत असोज २८ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा १५ औँ महाधिवेशनका लागि दुईवटा प्रस्ताव पेस भएका छन् । कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए

महामन्त्री थापाको काउन्टरमा सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेपछि कांग्रेसमा महाधिवेशन विवाद उत्कर्षमा पुगेको छ ।

११ मंसिर २०८२, बिहीबार २१:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा