पोखरा, लेखनाथ उद्योग बाणिज्य संघले आगामी पुसको ३ गते देखि १४ गतेसम्म लेखनाथको तालचोकमा आयोजना गर्न लागेको २१ औँ संस्करणको लेखनाथ महोत्सवलाई ब्यबस्थित रुपमा संचालन गर्नको लागि मूल आयोजक समिति सहित बिभिन्न उपसमितिहरु गठन गरिएको छ। ३ सय जना सदस्य रहेको मूल आयोजक समितिको संयोजकमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका अधिकारी पराजुलीलाई नै राखिएको छ। बिभिन्न ४३ वटा उपसमिति सहित ६६ जनाको कार्यसम्पादन समिति र १० सदस्यीय निर्देशक समिति बनाइएको जानकारी संघले दिएको छ।
मूल समितिको सहसंयोजक राखिएका संघका बरिष्ठ उपाध्यक्ष गोपीचन्द्र वास्तोलालाई बिभिन्न उपसमितिहरुको परिचालन सहित अतिथि सत्कार उपसमितिको संयोजकको जिम्मेवारी दिईएको लेखनाथ उद्योग बाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले गुरुकुल खबरलाई दिईन । उनका अनुसार मूल समितिमा सहसंयोजक राखिएका संघका प्रथम उपाध्यक्ष बिक्रम कर्माचार्यलाई प्रायोजक व्यवस्थापन तथा राष्ट्रिय उत्पादन प्रदर्शनी व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी दिईएको छ।

यसैगरी मूल समितिको सहसंयोजक नै राखिएका द्वितीय उपाध्यक्ष ध्रुबबाबु भट्टराईलाई प्रचार प्रसार व्यवस्थापन उपसमिति संयोजकमा चयन गरिएको छ। संघका महासचिब भरतराज ओझालाई सचिवालय व्यवस्थापन उपसमितिको संयोजकमा तथा उपमहासचिब गंगा कुमारी मल्ललाई मायाको चिनो व्यवस्थापन उपसमितिको संयोजक एबम कोषाध्यक्ष हरि बस्ताकोटीलाई आर्थिक व्यवस्थापन उपसमिति संयोजक तोकिएको छ।
महोत्सबको लागी गठित कतिपय उपसमितिका संयोजकहरुले समितिलाई पूर्णता दिनुको साथै बैठक र छलफललाइ अगाडी बढाएका छन। महोत्सब अन्तर्गत गठित स्वास्थ्य ब्यबस्थापन उपसमिति र संघसंस्था समन्वय उपसमितिको बैठक बसेर उपसमितिको जिम्मेवारी अन्तर्गतको काम प्रभावकारी ढंगले सम्पन्न गर्न आबश्यक तयारी समेत गरिएको बताइएको छ। यसै क्रममा स्वास्थ्य सेवा ब्यबस्थापन उपसमिति र संघसंस्था समन्वय उपसमितिको बैठकले आफ्नो जिम्मेवारी अनुरुपको काम प्रभावकारी रुपमा गर्ने निर्णय गरेको छ।

महोत्सब सम्पन्न गर्न गठित बिभिन्न उपसमितिहरु मध्ये कलाकार व्यवस्थापन उपसमितिको संयोजकमा भरत कुमार अधिकारी, झाँकीर्याली व्यवस्थापन उप समितिको संयोजकमा प्रकाशलाल श्रेष्ठ, महोत्सव ग्राउण्ड तथा पानी व्यवस्थापन उपसमितिको संयोजकमा रामजी पौडेल, महिला तथा आमा समुह परचालन उपसमितिको संयोजकमा डिल कुमारी शर्मा (सन्ध्या), कृषि प्रर्दशनी व्यवस्थापन उपसमितिको संयोजकमा दयाराम तिवारीलाई चयन गरिएको छ।
यसैगरी बालउद्यान व्यवस्थापन उपसमितिको संयोजकमा भरत थापा, स्टल निर्माण तथा व्यवस्थापन उपसमितिको संयोजकमा भिम वहादुर सार्की, टिकट विक्रि व्यवस्थापन उपसमितिको संयोजकमा सुजन न्यौपाने, महिला विशेष कार्यक्रम व्यवस्थापन उपसमितिको संयोजकमा प्रतिक्षा रानाभाट, भाडावर्तन तथा इलेक्ट्रोनिक्स स्टल व्यवस्थापन उपसमितिको संयोजकमा भविन्द्र पुनलाई राखिएको लेखनाथ उद्योग बाणिज्य संघले जनाएको छ।

विद्युत व्यवस्थापन उपसमिति संयोजकमा विरेन्द्र राज भुर्तेल, स्वास्थ्य सेवा व्यवस्थापन उपसमितिको संयोजकमा दिपक अधिकारी, सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा कृष्ण प्रसाद तिमिल्सेना, व्यानर प्रायोजन व्यवस्थापन उपसमिति संयोजकमा सन्दिप बुढाथोकी, महिला उद्यमी परिचालन उपसमिति संयोजकमा शर्मिला श्रेष्ठ रहेको छन।
गेट व्यवस्थापन उपसमिति संयोजकमा गंगा सापकोटा, मन्च व्यवस्थापन उपसमिति संयोजकमा दयाराज भण्डारी, फुड फेस्टिवल व्यवस्थान उपसमिति संयोजकमा विरभद्र कंडेल, फेन्सी तथा गार्मेन्ट स्टल व्यवस्थापन उपसमिति संयोजकमा राजन कल्याण बडगामी, बाहिरीने गेट व्यवस्थापन उपसमितिको संयोजकमा रविन सुनार, महोत्सव सुपरिवेक्षण तथा बालउद्यान गेट व्यवस्थापन उपसमिति संयोजकमा विन्दुचन्द्र बराललाई राखिएको छ।
यसैगरी कृषि स्टल व्यवस्थापन उपसमिति संयोजकमा सुर्य प्रसाद अधिकारी, स्टेज कार्यक्रम निर्माण तथा प्रस्तुति व्यवस्थापन उपसमिति संयोजकमा नेत्रपाणी बास्तोला, सरसफाई व्यवस्थापन उपसमितिको संयोजकमा विजय गुरुङ, विद्यालय स्तरिय कार्यक्रम व्यवस्थापन उपसमिति संयोजकमा लक्ष्मी प्रसाद ढुङ्गाना, शैक्षिक प्रदर्शनी व्यवस्थापन उपसमिति संयोजकमा जिवन तिवारी, स्टल अनुगमन तथा मुल्याङ्कन उपसमिति संयोजकमा देवराज पंन्थीलाई जिम्मेवारी दिइएको छ।

पर्यटन प्रबर्द्दन तथा व्यवस्थापन उपसमिति संयोजकमा दामोदर भक्त थापा, युवा परिचालन उपसमिति संयोजकमा सुरजजङ्ग राणा, सुचना केन्द्र व्यवस्थापन उपसमितिको संयोजकमा विरेन्द्र वानिया, सहकारी संस्था समन्वय उपसमितिको संयोजकमा शिवराज अधिकारी, सुचना प्रविधि प्रदर्शनी व्यवस्थापन उपसमिति संयोजकमा सुधिरमणी लामिछा महोत्सब परिसर नियन्त्रण उपसमिति संयोजकमा वालगोपाल श्रेष्ठ, यातायात समन्वय तथा व्यवस्थापन उपसमिति संयोजकमा वुद्धि प्रसाद सुवेदी, टोल विकास संस्था समन्वय उपसमिति संयोजकमा चिरञ्जीवी तिवारीलाई जिम्मा दिईएको छ।
महोत्सब स्थलमा गरिने साहित्यिक कार्यक्रम व्यवस्थापन उपसमितिको संयोजकमा कृष्ण प्रसाद ढुङ्गाना, महोत्सव सुपरिवेक्षण उपसमिति संयोजकमा प्रेम वराल, रैथाने कार्यक्रम व्यवस्थापन उपसमिति संयोजकमा अञ्जली पण्डित, घरेलु तथा ग्रामिण प्रविधि प्रदर्शनी व्यवस्थापन उपसमिति संयोजकमा लेखनाथ हार्डवयर एशोसियसन अध्यक्ष समेत रहेका अर्जनु राज पंगेनी, जातजाती सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिको संयोजकमा बुद्धिकुमारी थापा मगरलाई राखिएको छ।

यसरि गठित सबै उपसमितिका संयोजकहरुलाई कार्यसम्पादन समितिको सदस्य पदमा पनि मनोनयन गरिएको छ। कार्यसम्पादन समितिमा रहेका अन्य सदस्यहरुमा राजेन्द्र ओझा, उपेन्द्रराज सुवेदी (राजु), भगवान खांड ठकुरी, विश्वगोपाल श्रेष्ठ, मे. रामप्रसाद गुरुङ, भक्तबहादुर केसी, मेघराज पौडेल, धिरज कुमार श्रेष्ठ, अर्जुन भण्डारी विजय न्यौपाने, खेमराज वराल, टिकाराम सापकोटा, प्रेम प्रसाद शर्मा, माधव तिवारी, प्रकाशमोहन भट्टराई, राम प्रसाद गुरुङ्ग, प्रभा कुमारी पौडेल लामिछाने र राजेन्द्र पौडेल रहेको छन। संघको कानुनी सल्ल्हाकार रहेका बरिष्ठ उपाध्यक्ष खगेन्द्रराज आचार्यलाइ पनि कार्यसम्पादन समितिमा राखिएको लेखनाथ उद्योग बाणिज्य संघले जनाएको छ।
सम्बन्धित समाचार ..
लेखनाथ महोत्सव पुषको पहिलो साता हुने, ९ करोडको कारोबार र ९५ लाख आम्दानी गर्दा १० लाख मात्र बचत हुने



















