Play

आर्वाको महाप्रभुधाममा शतबीज छरियो, भजनचुड्का प्रतियोगितामा हेमजाको माछापुछ्रे सेवा समाज प्रथम

गुरुकुल खबर


  • शिरोमणी बराल / पोखरा

बालाचतुर्दशी पर्वको अवसर पारेर पोखरा महानगरपालिका वडा नं १३ मा अवस्थित महाप्रभुुधाममा बुधबार शतबीज छरिएको छ । दुई शताब्दीभन्दा अघिदेखि धार्मिक आस्था र विश्वासको केन्द्र बन्दैगएको महाप्रभुधाममा प्रत्येक वर्ष बालाचतुदर्शीका दिनमा शतबीज छर्ने परम्परा अनुुसार यस बर्ष पनि शतबीज छरिएको हो ।

बालाचतुर्दशीकै अवसर पारेर श्री महाप्रभुधाम पर्यटकीय क्षेत्र विकास समितिद्वारा रुद्राभिषेक, राष्ट्रिय खुल्ला भजन प्रतियोगिता तथा महाआरती कार्यक्रम समेत राखिएका कारण बिहानैदेखि भक्तजनहरूकोउपस्थिति रहेको समितिका अध्यक्ष नवराज बरालले गुरुकुल खबरलाई जानकारी दिए । बरालका अनुुसार पछिल्ला वर्षमा पोखरा र आसपासका क्षेत्रबाट ठूलो संख्यामा भक्तजनहरू शतबीज छर्नका लागि आउने गरेका छन् ।

बालाचतुर्दशीका अवसरमा महाप्रभुधाम रतनपाण्डे पर्यटकीय क्षेत्र विकास समितिले आयोजना गरेको राष्ट्रिय खुल्ला भजन चुड्का प्रतियोगितामा माछापुच्छ्रे सेवा समाज हेमजा प्रथम, धर्मस्थली भजन समूह मालेपाटन द्वितीय, विश्व हिन्दुु महासंघ, चाउथे तृतीय र ज्येष्ठ नागरिक समूह छिनेडाँडा सान्त्वना भएका छन् । त्यस्तै उत्कृष्ट नृत्यमा महाप्रभुधाम रतनपाण्डे समूहका मनिका भुजेललाई पुरस्कार दिईयो ।

कुल आठवटा समूह सहभागी भएको प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमशः ५० हजार, ३० हजार, १५ हजार र पाँच हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरियो । उत्कृष्ट नृत्य गर्नेलाई तीन हजार र सहभागी सबै लाई प्रोत्साहन स्वरुप दुई/दुुई हजार रुपैयाँ प्रदान गरिएको समितिका सचिव भोजराज बरालले गुरुकुल खबरलाई जानकारी दिए ।

महाप्रभुधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ यहाँको बिस्तृत आयोजना प्रतिवेदन(डिपिआर) तयार गरिसकिएको पोखरा महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष किरण बरालले बताए । विस्तृत आयोजना प्रतिवेदन अनुुसार यहाँको समग्र विकासका लागि करिब १२ करोड रुपैयाँ लाग्ने अनुुमान गरिएको छ ।

पोखरा उपत्यकाको दृश्यावलोकनसहित अन्नपूर्णदेखि लमजुङ हिमालसम्मका रमणीय दृश्य एकसाथ नियाल्न पाउनुका साथै ऐतिहासिक एवं धार्मिकस्थल पनि प्रत्यक्ष अवलोकन गर्न सकिने भएकाले यहाँको महत्व अझै बढेको समितिका उपाध्यक्ष सूर्यप्रसाद बरालको भनाई छ ।

समितिका पुर्व अध्यक्ष धर्मराज बरालका अनुुसार समुन्द्री सतहबाट एक हजार ३३५ मिटर उचाइमा रहेको यो स्थानमा प्राचीन कालमा स्वर्गद्वारीबाट आएका महाप्रभुुहरूले कोटिहोम सहित महायज्ञ सम्पन्न गरेपछि उक्त स्थानलाई महाप्रभुधामका रुपमा लिने गरिएको छ ।

३ मंसिर २०८२, बुधबार २२:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा