Play

स्याङ्जाको वालिंगमा नबौं वालिंग महोत्सबको तयारी, ३ लाख दर्शक र १० करोडको कारोबार हुने अनुमान

गुरुकुल खबर


  • प्रकाश डोटेल / स्याङ्जा

स्याङ्जा जिल्लाको प्रमुख ब्यापारिक केन्द्रको रुपमा रहेको वालिंग शहरमा आगामी माघ १४ देखि २५ गतेसम्म नबौं वालिंग महोत्सब हुने भएको छ । हरेक दुई बर्षमा आयोजना गरिने महोत्सव वालिङको पहिचान मात्र नभएर स्याङ्जाको गौरव अनि जिल्लाबासीको लागि बिभिन्न उपभोग्य एबम अन्य सामानको खरिद बिक्रि गर्ने प्रमुख माध्यम बन्न पुगेको छ ।

गत फागुन महिनामा नबौं वालिंग महोत्सवको मिति तय गरिएको थियो त्यसपछि वालिङ उद्योग वाणिज्य संघले महोत्सबको तयारीलाई तीव्रता दिईरहेको छ। माघ १४ गतेदेखि १२ दिन सम्म संचालन हुने वालिङ महोत्सवमा स्थानीय देखि राष्ट्रिय र अन्तराष्ट्रिय उत्पादनको साथै बिभिन्न किसिमका बस्तु र सेवाको ब्यापार संगै त्यहाँ पुग्ने दर्शकहरुको लागि बिभिन्न कलाकारहरुद्वारा सांगीतिक मनोरंजन समेत दिलाइनेछ।

“हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मूल नाराका साथ गण्डकी प्रदेशस्तरीय कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार मेलाको रूपमा वालिंग महोत्सवलाई लिने गरिएको छ। आयोजकको भनाइमा महोत्सवलाई यस वर्ष बिगतको भन्दा “फरक र पृथक” बनाउने किसिमले आबश्यक तयारी भइरहेको छ।

महोत्सबमा करिब ३ लाख दर्शकको उपस्थिति रहने र १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ महोत्सबबाट १ करोड ७६ लाख रुपैया आम्दानी र १ करोड २ लाख रुपैया खर्च हुने र ७३ लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको संघका अध्यक्ष चेतनारायण श्रेष्ठले गुरुकुल खबरलाई जानकारी दिए।

महोत्सब अन्तर्गत व्यापारीक तथा औद्योगिक व्यापार मेला, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, लोकदोहोरी प्रतिस्पर्धा, सुन्तला तथा ताजा तरकारी प्रदर्शनी, अर्गानिक कफी प्रदर्शन, अदुवा तथा जडीबुटी प्रदर्शनी, पशुपंक्षी तथा उन्नत कृषि प्रविधि प्रदर्शनी, सूचना प्रविधि तथा शैक्षिक प्रदर्शनी, खेलकुद प्रतियोगिता, बालउद्यान, हस्तकला प्रदर्शनी, स्थानीय कला–संस्कृतिको प्रस्तुती लगायतका कार्यक्रम समाबेश गरिएको वालिंग उद्योग बाणिज्य संघका अध्यक्ष श्रेष्ठले गुरुकुल बताए।

सबै उमेर समूहका दर्शकलाई आकर्षित गर्ने र मनोरंजन दिलाउने गरि बिभिन्न कार्यक्रम तय गरिएको आयोजकको भनाई छ। जिल्लाको पर्यटन र संस्कृतिलाई विशेष महत्व दिई कृषि उत्पादनलाई बजारीकरणमा समेत महोत्सवले टेवा दिंदै आएको छ । महोत्सवको नबौं संस्करण सम्म आइपुग्दा जिल्लावासीले महोत्सवलाई आफ्नै सम्झेर सफल बनाउन सहयोग गर्ने विश्वास आयोजकको रहेको संघका कार्यालय सचिब बाबुराम रेग्मीले ब्यक्त गरे ।

२ मंसिर २०८२, मंगलवार २१:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा